‘रोएको’ र ‘बोलेको’ नचिन्ने नेपालकाे ‘पत्रकारिता’ !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १७, २०७५
|
|
४० पटक हेरिएको
Shares
‘रोएको’ र ‘बोलेको’ नचिन्ने नेपालकाे ‘पत्रकारिता’ !

सारांश

  • बिस्नु फडेरा, काठमाडौं, १७ जेठ ।
  • बिहिबार दिउँसाे एउटा हेडलाइन भाइरल भयाे ‘संसदमा राेए सांसद’ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका सांसद गजेन्द्रबहादुर महतले  बिहिबार संसदमा बाेल्दै ४ कराेड नचाहिने भन्दै अावेसमा अाएका थिए ।

बिस्नु फडेरा, काठमाडौं, १७ जेठ । बिहिबार दिउँसाे एउटा हेडलाइन भाइरल भयाे ‘संसदमा राेए सांसद’ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका सांसद गजेन्द्रबहादुर महतले  बिहिबार संसदमा बाेल्दै ४ कराेड नचाहिने भन्दै अावेसमा अाएका थिए । उनले  निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि योजना छनोटका लागि स्थानीय प्रतिनिधिसमेत रहेको समिति बनाउनु गलत भएको दुख व्यक्त गरेका थिए ।

सांसद तह लगाउने बजेट आएको भन्दै उनले भने, ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ भन्या ? हामीलाई तह लगाउन पाइन्छ ? हामीलाई वडाअध्यक्षको ठाउँमा लिएर राख्न पाइन्छ भन्या ? चाहिएको छैन हामीलाई ४ करोड ।

’सबै मिडियाले  माथि उल्लेखित भनार्इ  राेएकाे भनेर हेडलार्इन बनाए । तर कुराे राेएकाे नभएर बाेलेकाे पाे रैछ ।

तर नेपाली मिडिया कहाँसम्म पुगेकाे रैछ भन्ने याे घटनाले प्रस्ट पारेकाे छ । सांसद महतले शिखर न्युज संग आफू रोएको भनेर सञ्चारमाध्यममा आएको खबर गलत भएको बताएका छन ।

सांसद महतले आफू बोल्दा नै त्यस्तो आवाज आउने र बैठकमा रोएको समाचार गलत भएको स्पष्ट पारेका छन ।

तर एउटा व्यक्तिले बाेलेकाे बाेली नचिनेर Braking काे नाममा अर्कालाइ हाेच्याउन मिल्ने नेपाली मिडियाले पत्रकार अाचार संहिता मान्नुपर्ने हाे कि हाेर्इन ?

के भन्छ पत्रकार अाचार संहिताले ?

यस्ताे थियाे बिभिन्न मिडियामा प्रकाशन भएकाे समाचार

 

 

हेर्नुहाेस अनलार्इन खबरकाे याे भिडियाे

https://www.facebook.com/onlinekhabarnews/videos/1802943959764117/?t=78

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?