सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई

सारांश

  • काठमाडौँ,  १६ साउन ।
  • नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको प्रवक्ता पद त्यागेको घोषणा गरेपछि नयाँ विवाद सुरु भएको छ ।
  • स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको माग गर्दै २७ दिन लामो अनशन बसेका डा गोविन्द केसी र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेकपाको यो विवादको जड बनेका छन्।

काठमाडौँ,  १६ साउन । नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको प्रवक्ता पद त्यागेको घोषणा गरेपछि नयाँ विवाद सुरु भएको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको माग गर्दै २७ दिन लामो अनशन बसेका डा गोविन्द केसी र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेकपाको यो विवादको जड बनेका छन्।  केसीले अनशन बसिरहँदा शिक्षण अस्पतालमा पुगेर नेकपा प्रवक्ता श्रेष्ठले भेटेको थिए ।

त्यसपछि उनले केसीको पक्षमा सडकमा उत्रेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी पूर्वप्रन्या सुशीला कार्कीलाई भेटेपछि पार्टी भित्र विवाद सुरु भएको थियो ।श्रेष्ठको यो गतिविधिपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल दुवैजनाले पार्टीलाई सिद्याउने नियतका साथ अनशन बसेका केसी र समर्थनमा उत्रेकी कार्कीलाई भेटेको भन्दै आक्रोश पोखेका थिए । स्रोतका अनुसार त्यसपछि गत साउन ७ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा यही विषयमा नेताहरुबीच चर्काचर्की परेको थियो । डा। केसीको अनशन प्रकरणमै छलफल गर्न बोलाइएको बैठकमा ओलीले पार्टीलाई सिद्याउने योजनामा लागेका व्यक्तिलाई भेटेर श्रेष्ठले गलत गरेको भन्दै आक्रोश पोखेको स्रोतको दाबी छ ।
त्यसैगरी अध्यक्ष प्रचण्डले पनि ओलीकै लाइनबाट केसी र कार्कीलाई भेट्नु गलत भएको बताएपछि श्रेष्ठले त्यहीँ पार्टी प्रवक्ताको पद त्याग गरेको भन्दै बैठक छाडेर बाहिरिएका थिए ।
बालुवाटारमा भएको यो बैठकमा सचिवालय सदस्यहरु झलनाथ खनाल र माधव नेपाल भने अनुपस्थित थिए । नेपाल कम्बोडियाको निर्वाचन पर्येवेक्षणमा गएका थिए भने खनाल उपचारका लागि चीन गएका थिए ।

साउन सात गते राति बसेको यो बैठकमा ओली पक्षले गोविन्द केसीलाई अनशनमा राखेर पार्टीलाई सिद्ध्याउने डिजाइन गरिएको बताएको थियो । तर बैठकमा नारायणकाजीले भने सम्बन्धित पक्षलाई नभेटी माग सम्बोधन गर्न नसकिएकाले आफूले त्यो कदम चालेको बताएका थिए ।‘सम्बन्धित पक्षसँग नभेटी उनीहरुका माग जायज छन् या छैनन् भन्न सकिने अवस्था थिएन’, नारायणकाजीको भनाइ उृधत गर्दै स्रोतले भन्यो, ‘संवाद नगरी उनीहरुका मागको पहिचान गर्न पनि समस्या भएकाले मैले यस्तो कदम चालेको थिएँ ।’

तर प्रधानमन्त्रीले ‘तपाईँ पार्टीलाई जसले सक्न खोजिरहेको उसलाई भेट्दै हिँडिरहनु भएको छ रु यो के हो रु’ भनेर श्रेष्ठलाई प्रश्न गरेका थिए । त्यसपछि श्रेष्ठ आक्रोशित भएको स्रोतको भनाइ छ । ‘तपाईँलाई सोधेर चल्नुपर्ने हो भने पार्टी प्रवक्ता तपाईँ नै राख्नुस’, श्रेष्ठले बैठकमा यति भनेर बाहिरिएका स्रोतको भनाइ छ ।

माधवलाई जिम्मा
कम्बोडियाको निर्वाचन पर्यवेक्षण गरेर फर्किएपछि अहिले नारायणकाजीलाई फकाउने जिम्मेवारी नेकपाका अध्यक्षद्वयले माधवकुमार नेपाललाई दिएका छन् । तर । श्रेष्ठ पार्टी प्रवक्तामा फर्किने मुडमा छैन ।  घाँटीको समस्या देखाएर हात्तीवनस्थित निवासमा बसिरहेका उनी अहिले कोहीसँग सम्पर्कमा आएका छैनन् । उनी निकट स्रोतका अनुसार श्रेष्ठ प्रवक्तामा फर्किने मनस्थितिमा छैनन् । श्रेष्ठले आफ्नो व्यक्तिगत स्वभाव र पार्टी प्रवक्ता पदको तालमेल नमिलेको महसुस गरेरको उनी निकट एक नेताले बताएका छन् ।आराम गरिरहेका श्रेष्ठले अहिले नेताहरु र सञ्चारकर्मीसँग पनि बोल्न अस्वीकार गरिरहेका छन् । आराम गरिरहेकाले केही समय मौन रहने उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
जिल्लासभा सञ्चालन कार्यविधि विधेयक पारित
जिल्लासभा सञ्चालन कार्यविधि विधेयक पारित
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित भारतमा नेपाली युवक पक्राउ
चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित भारतमा नेपाली युवक पक्राउ
मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत
मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत
हप्तामा ५ दिन दुई घण्टा पानी दिन्छौं : खानेमन्त्री मगर
हप्तामा ५ दिन दुई घण्टा पानी दिन्छौं : खानेमन्त्री मगर
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित

तपाईंले छुटाउनुभयो कि?