बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?

सारांश

  • काठमाडौँ, ९ साउन ।
  • गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।
  • गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

काठमाडौँ, ९ साउन । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

केही दिनमा राजदूतको रुपमा नेपालबाट आफ्नो कार्यकाल सम्पन्न गरेर फर्किन लागेकी राजदुत टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिका सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । गृहमन्त्रीले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरेका थिए ।

पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले विश्व शान्ति कायम गर्न सहयोग पुग्ने विश्वास गृहमन्त्रीले व्यक्त गरेका थिए । राजदुत टेप्लिजले १३ दिनपछि नेपालको कार्यकाल सम्पन्न गरेर अमेरिका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाई सुखद रहेको बताएकी थिइन् । उनले आफ्नो कार्यकालमा नेपाल सरकार र गृहमन्त्रायबाट पाएको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गरिन् ।

यस्तै अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा राजदूतले जिज्ञासा राखेकी थिइन् । जवाफमा गृहमन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिए । भेटमा मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एवम् तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत कुरा भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?