२५ निजामति कर्मचारी बर्खास्त

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २६, २०७३
|
|
३११ पटक हेरिएको
Shares
२५ निजामति कर्मचारी बर्खास्त

सारांश

  • सरकारले अध्ययनका लागि विदेश गएर लामो समयसम्म सम्पर्कमा नआएका दुई दर्जन निजामती कर्मचारीलाई बर्खास्त गर्ने भएको छ।
  • निजामती कर्मचारीको व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयले सरकारका विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा दरबन्दी रहेका २५ कर्मचारीलाई कारबाहीप्रक्रिया अघि बढाएको छ।
  • यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

सरकारले अध्ययनका लागि विदेश गएर लामो समयसम्म सम्पर्कमा नआएका दुई दर्जन निजामती कर्मचारीलाई बर्खास्त गर्ने भएको छ। निजामती कर्मचारीको व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयले सरकारका विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा दरबन्दी रहेका २५ कर्मचारीलाई कारबाहीप्रक्रिया अघि बढाएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

कर्मचारीहरू सरकारले दिएको सुविधाअनुसार छात्रवृत्तिमा जाने र नेपाल नफर्कने निजामती कर्मचारी ऐनविपरीत भएको भन्दै पहिलो चरणमा २५ जनालाई बर्खास्त गर्दै क्षतिपूर्तिसमेत असुलउपर गर्ने तयारी गरेको हो। अध्ययन बिदामा गएर सम्पर्कमा नरहेका अन्य कर्मचारीका विषयमा अनुसन्धान जारी रहेको र फेरि कारबाहीप्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ निजामती सेवा ऐनको दफा ६१ को (१) को छ ले बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म अनुपस्थित भए सेवाबाट हटाउन सकिने व्यवस्था गरेको छ। निजामती सेवाका कर्मचारी सरकारलाई उपलब्ध छात्रवृत्तिको कोटामा अध्ययन बिदा लिएर विदेश जाने, उक्त समय सकिएपछि बेतलबी बिदा बस्ने र त्यो समय पनि सकिएपछि सम्पर्कविहीन हुने प्रवृत्ति देखिएको छ। सामान्यले बर्खास्त गर्ने गरी प्रक्रिया अघि बढाएकोमा शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयदेखि विभिन्न विभागमा कार्यरत विभिन्न तहका कर्मचारी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?
अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?
निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार
निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठकमा अवरोध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठकमा अवरोध
पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल
पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल
अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा
अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा
विजयीहरुलाई घरदैलो र सभामा भ्याईनभ्याई
विजयीहरुलाई घरदैलो र सभामा भ्याईनभ्याई
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
हरि बोधिनी एकादशी: तुलसी र दामोदरको विवाह गरिँदै
हरि बोधिनी एकादशी: तुलसी र दामोदरको विवाह गरिँदै

तपाईंले छुटाउनुभयो कि?