ट्रम्पका पूर्वसल्लाहकारलाई जेलसजाय, यस्तो छ कारण

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २३, २०७५
|
|
६८ पटक हेरिएको
Shares
ट्रम्पका पूर्वसल्लाहकारलाई जेलसजाय, यस्तो छ कारण

सारांश

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजाय सुनाइएको छ ।
  • लण्डनको एउटा पबमा जर्ज पापाडोपलसले दिएको अभिव्यक्तिपछि अमेरिकी चुनावी अभियानमा सम्भावित रुसी साठगाँठबारे अनुसन्धान थालिएको थियो।
  • वाशिङटन डीसीस्थित अदालतमा ३१ वर्षीय जर्ज पापाडोपलसले झूट बोलेर गल्ती गरेको र आफू एक ‘देशभक्त अमेरिकी’ भएको बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजाय सुनाइएको छ ।लण्डनको एउटा पबमा जर्ज पापाडोपलसले दिएको अभिव्यक्तिपछि अमेरिकी चुनावी अभियानमा सम्भावित रुसी साठगाँठबारे अनुसन्धान थालिएको थियो।

वाशिङटन डीसीस्थित अदालतमा ३१ वर्षीय जर्ज पापाडोपलसले झूट बोलेर गल्ती गरेको र आफू एक ‘देशभक्त अमेरिकी’ भएको बताए । मस्कोका आरोपित मध्यस्थकर्ताहरूसँगको भेटघाटको समयबारे संघीय अनुसन्धान निकाय एफबीआईसँग झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा आफ्नो सफाइमा स्पष्टीकरण दिएका थिए ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा क्रेम्लिनको आरोपित प्रभावसम्बन्धी छानबिनका क्रममा पक्राउ पर्ने उनी ट्रम्पका पहिला सहयोगी थिए । शुक्रवार सुनाइएको सजाय अनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे नौ हजार डलर पनि तिर्नुपर्ने हुन्छ। अदालतसमक्ष उनले आफ्नो ‘पूरै जीवन अस्तव्यस्त’ रहिआएको बताउँदै आफूलाई सच्याउनका निम्ति ‘अर्को मौका पाउने’ विश्वास व्यक्त गरे।

‘यो अनुसन्धानको विश्वव्यापी अर्थ रहनेछ र सत्यले महत्त्व राख्छु भन्दै पापाडोपलसले अदालतमा आफ्ना कुरा टुङ्ग्याएका थिए। शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम शुरू गरेका थिए।

त्यसअघि उनी लण्डनस्थित पेट्रोलियम विश्लेषकका रूपमा कार्यरत थिए।आफ्नै पूर्व वकिलले उनीबारे बोल्ने भनेपछि राष्ट्रपति ट्रम्पको समस्या बढेको ठानिएको छ।
स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम थालेको केही समयपछि उनले माल्टाका एकजना प्राज्ञसँग सम्पर्क गरे। ती प्राध्यापकले ट्रम्पका चुनावी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको व्यक्तिगत जीवनबारे सार्वजनिक गरिए क्षति पुग्न सक्ने जानकारी ‘ईमेलका रुपमा’ आफूसँग भएको बताएका थिए।

(बीबीसी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिब्बती धर्मगुरु दलाई लामाले किन माफी मागे ?
तिब्बती धर्मगुरु दलाई लामाले किन माफी मागे ?
मनमोहनले शुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ विकासको नौलो मोडल
मनमोहनले शुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ विकासको नौलो मोडल
ललितानिवास जग्गा प्रकरण : न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
ललितानिवास जग्गा प्रकरण : न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
काम गर्ने क्षमता नभएका मानिस सरकारमा थोपर्ने काम हुँदैन : ओली
प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…
प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…
एथ्लेटिक्समा नेपाललाई पहिलो पदक
एथ्लेटिक्समा नेपाललाई पहिलो पदक
हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित
हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित
३६ क्षेत्रमा मत गणना जारी – एमाले १८, माओवादी १३ र कांग्रेस ३ स्थानमा अगाडि
३६ क्षेत्रमा मत गणना जारी – एमाले १८, माओवादी १३ र कांग्रेस ३ स्थानमा अगाडि
आजको राशीफल : कुम्भको सोचे अनुसार काम हुने, अरु कसको कस्तो ?
आजको राशीफल : कुम्भको सोचे अनुसार काम हुने, अरु कसको कस्तो ?
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै

तपाईंले छुटाउनुभयो कि?