रोयल फ्लाइट ११० रुसी नागरिक बोकेर फर्कियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ८, २०७७
|
|
३२ पटक हेरिएको
Shares
रोयल फ्लाइट ११० रुसी नागरिक बोकेर फर्कियो

सारांश

  • काठमाडौं।
  • रोयल फ्लाइट एयरलाइन्सले ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ।
  • त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए।

काठमाडौं। रोयल फ्लाइट एयरलाइन्सले ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए।

रसियाको जोइन्ट स्टक कम्पनीद्वारा सञ्चालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट रुसी नागरिक लिन आज बिहान काठमाडौँ आएको थियो। लकडाउनका कारण नेपालमा रोकिएका नागरिक लैजान उक्त जहाजले चार्टर्ड उडान भरेको हो। नेपालस्थित रुसी दूतावासको पहलमा रसियाले आफ्ना नागरिक जहाज चार्टर्ड गरी स्वदेश फर्काएको जनाइएको छ।

यसैबीच नेपालमा रोकिएका आफ्ना नागरिक लैजान अमेरिकाले मङ्गलबार काठमाडौँमा जहाज पठाउने भएको छ। अमेरिकी जहाज भोलि बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरी अमेरिकन नागरिकलाई लिएर फर्किने विमानस्थलले जनाएको छ। यसअघि अमेरिकाले कतार एयरवेजको जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको थियो। यो पटक भने अमेरिकाले आफ्नै जहाज पठाउन लागेको जनाइएको छ। तर कुन कम्पनीको जहाज आउने भने विमानस्थलले खुलाएको छैन।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?