युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी

सारांश

  • ब्रसेल्स, २५ भदौ ।
  • संयुक्तराज्य अमेरिका र युरोपेली आयोगका उच्च अधिकारीहरु व्यापारमा देखिएका विवादहरु सुल्झाउने उपायको खोजी गर्न सोमबार ब्रसेल्समा भेला हुँदैछन् ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करबीच जुलाईमा भएको वार्तामा एकअर्का विरुद्ध करवृद्धि नगर्ने र सबै बस्तुमा भन्सार दस्तुर हटाउने गरी सीमित व्यापार सम्झौता गर्नेमा सहमति भएको थियो ।

ब्रसेल्स, २५ भदौ । संयुक्तराज्य अमेरिका र युरोपेली आयोगका उच्च अधिकारीहरु व्यापारमा देखिएका विवादहरु सुल्झाउने उपायको खोजी गर्न सोमबार ब्रसेल्समा भेला हुँदैछन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करबीच जुलाईमा भएको वार्तामा एकअर्का विरुद्ध करवृद्धि नगर्ने र सबै बस्तुमा भन्सार दस्तुर हटाउने गरी सीमित व्यापार सम्झौता गर्नेमा सहमति भएको थियो ।

दुबै पक्षबीच भएको यो सहमतिलाई धुमधामसँग प्रचार गरिएको थियो, तर पछिल्ला वक्तव्यहरुले मतान्तर रहेको स्पष्ट गरेको छ, खासगरी कृषिजन्य उत्पादनका विषयमा । अमेरिकाले कुनैपनि सम्झौतामा कृषिलाई भुल्न नसकिने बताउनुभएको छ ।फ्रान्सको दबाबमा युरोपेली सदस्य राष्ट्रहरुले व्यापार सम्झौतामा कृषिजन्य बस्तुलाई समावेश गर्नुपर्ने भन्ने अमेरिकाको दबाबलाई अस्वीकार गरेका छन् । युरोपका वरिष्ट व्यापार अधिकारी सेसीलीया माल्स्ट्रमले आफ्ना समकक्षी अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्रलाई युरोपको चासोका विषयमा स्पष्ट गर्ने प्रयत्न गर्नुहुनेछ ।

“युरोपेली आयोग र संयुक्तराज्य अमेरिकाबीच दस्तावेजको रुपरेखामा सहमति हुनेछ, र सायद यो कार्य वर्षको अन्त्यसम्ममा हुनेछ,” युरोपेली स्रोतले एएफपीलाई बतायो । “यथार्थमा, ट्रम्प र जन्करबीच सहमति भएको हो, तर हामीलाई छलफलको विस्तृत जानकारी छैन ।”अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी मध्यावधि चुनाव अघि नै युरोपका चारपाङ्ग्रे सवारीसाधनमाथि करबृद्धि गर्ने भनी मन्तव्य दिनुभएको थियो ।

चारपाङ्ग्रे सवारीसाधनमा हुने करवृद्धिले जर्मनीमाथि सबैभन्दा ठूलो क्षति पुग्ने अनुमान गरिएको छ । जुनमा युरोपेली स्टील र आलुमिनियममाथि लगाएको करवृद्धिले थप समस्या सिर्जना गरेको छ । प्रतिशोध स्वरुप युरोपले समेत अमेरिकी बस्तुमाथि करवृद्धि गरेको छ ।युरोपेली आयोगकी माल्स्ट्रमले गत महिना युरोप–अमेरिकाबीच सवारीसाधनमा करवृद्धि गर्न नहुने बताउनुभएको थियो । तर अमेरिकी राष्ट्रपतिले अमेरिकी कारमाथि युरोपको बजार लगभग बन्द अवस्थामा रहेकोले पनि अमेरिका भित्रिने कारमा कर लगाउनुपरेको दाबी गरिरहनुभएको छ ।

“यो विल्कुलै ठीक होइन, यसलाई स्वीकार्न सकिन्न,” ब्रसेल्सको धारणाप्रति कटाक्ष गर्दै ट्रम्पले भन्नुभयो । ट्रम्पले युरोपेली आयोगलाई चीनसँग पनि तुलना गर्नुभयो । उहाँले संयुक्तराज्य अमेरिका प्रवेश गर्ने सबै चिनीया बस्तुमाथि करवृद्धि गर्ने चेतावनी दिनुभएको छ ।“युरोपेली युनियनसँगको व्यापारिक सम्बन्ध पनि चीनजस्तै खराब छ, केही सानो मात्र हो,” ट्रम्पले अगष्टमा ब्लूमबर्गलाई बताउनुभयो । तर तनावमा रहेको जर्मनीको अगुवाइमा रहेका युरोपेलीहरु अमेरिका वार्ताको टेबलमा आओस् र कुनै किसिमको सम्झौता होस् भन्ने चाहन्छन् ।

जुलाईदेखि युरोपेली आयोगले अमेरिकासँग धेरैवटा प्रतिबद्धता घोषणा गरेको छ, तर पर्यवेक्षकहरुले यी प्रतिबद्धताहरु पहिल्यै सुल्झेका हुन् भनी टिप्पणी गरेका छन् । युरोपेली अधिकारीहरुले मागमा आएको तिब्र वृद्धि बजारका कारण भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याग्दीका स्थानीय तहमा बजेट निर्माणको तयारी शुरु
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
विद्युत् चोरी गर्ने आठजना पक्राउ
विद्युत् चोरी गर्ने आठजना पक्राउ
प्रचण्डले धेरै हल्ला गरेपछि मन्त्रीपरिषद फेरबदल अनिश्चित !
प्रचण्डले धेरै हल्ला गरेपछि मन्त्रीपरिषद फेरबदल अनिश्चित !
अबको २० दिनभित्र नयाँ सरकार बन्ने ओलीको घोषणा, कांग्रेसले २५ सिट नकटाउने दाबी (भिडियोसहित)
राजपाका नेताद्वय के गर्दैछन् दिल्लीमा ?
राजपाका नेताद्वय के गर्दैछन् दिल्लीमा ?
ट्रमा सेन्टरमा तीन मेसिन बिग्रिएपछि रोकिए मेजर अप्रेसन
ट्रमा सेन्टरमा तीन मेसिन बिग्रिएपछि रोकिए मेजर अप्रेसन
जनताले तिरेर जम्मा भएको रकम अनियमितता भएको भन्दै छानबिन
जनताले तिरेर जम्मा भएको रकम अनियमितता भएको भन्दै छानबिन
कांग्रेस मात्र होइन, शेरबहादुर-नैतिकता पनि सङ्कटमा !
कांग्रेस मात्र होइन, शेरबहादुर-नैतिकता पनि सङ्कटमा !

तपाईंले छुटाउनुभयो कि?