रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १९, २०७५
|
|
५८ पटक हेरिएको
Shares
रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती

सारांश

  • रोल्पा, १९ साउन, विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् ।
  • विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ ।
  • विद्यालयले वर्षे बिदा दिएसँगै ट्यूशन पढ्न आउने विद्यार्थीका कारण यतिबेला सदरमुकाममा रहेका कोचीङ सेन्टर भरिभराउ देखिएका छन् ।

रोल्पा, १९ साउन, विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् ।
विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ ।

विद्यालयले वर्षे बिदा दिएसँगै ट्यूशन पढ्न आउने विद्यार्थीका कारण यतिबेला सदरमुकाममा रहेका कोचीङ सेन्टर भरिभराउ देखिएका छन् । जिल्ला सदरमुकाममा सञ्चालित चार कोचीङ सेन्टरले बिहानी तथा दिवा कक्षामा सयौँ विद्यार्थीलाई पढाइ रहेका छन् ।

“विद्यालयमा कहिल्यै पढाइ पूरा हुँदैन, परीक्षामा भने सबै पाठबाट प्रश्न आउँदा आफुहरूको परिणाम कमजोर हुनसक्ने आशंकाले एक महिना सदरमुकाम बसेर ट्यूशन पढ्दैछु” त्रिवेणी गाउँपालिका नुवागाउँकी विमला पुनले भन्नुभयो । विद्यालयमा कोचीङ पढाउने व्यवस्था नभएकाले खर्च बोकेर सदरमुकाम आउनुपरेको उहाँको गुनासो थियो ।
वर्षे बिदाको खाली समय बिताउन सजिलो हुने थप ज्ञान पनि आर्जन हुने भएकाले गाउँबाट ट्यूशन पढ्न सदरमुकाम आएको परिवर्तन गाउँपालिका इरिवाङकी दीक्षा डाँगीले बताउनुभयो । विद्यालयमा पढाएको बुझ्न गाह्रो भएकाले सदरमुकाम आइ ट्यूशन पढ्न बाध्य भएको त्रिवेणी गाउँपालिका गैरीगाउँकी जीतकुमारी डाँगीको भनाइ थियो ।

ग्रामीण क्षेत्रका विद्यालय अध्ययन गरेका अधिकांश विद्यार्थीको पढाइको स्तर कमजोर देखिएको गोल्डेन ट्यूशन सेन्टरका शिक्षक पृथ्वी डाँगीले जानकारी दिनुभयो । आफूले कक्षा ८, ९, १० र एसइईका करीब ५०० विद्यार्थी पढाइरहेको उहाँको भनाइ थियो

सामुदायिक विद्यालय खुल्नेभन्दा धेरै दिन बन्द हुननाका साथै कहिले शिक्षक नहुने, समयमा पाठ्यपुस्तक नपुग्ने तथा विभिन्न बहानामा विद्यालय बन्द भइरहँदा पढाइ सुधार हुन नसकेको विद्यार्थीहरूको गुनासो थियो ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक अभाब छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तत्काल तीन स्थानमा स्थानान्तरण गर्न सकिने पुल
तत्काल तीन स्थानमा स्थानान्तरण गर्न सकिने पुल
समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र
समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र
स्वतन्त्र सांसद यादव माओवादी नेताको हत्या अभियोगमा पक्राउ
स्वतन्त्र सांसद यादव माओवादी नेताको हत्या अभियोगमा पक्राउ
राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत
राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत
ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष
ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
हिमालमा ज्यान गुमाउने संख्या ६ पुग्यो, ३ बेपत्ता
हिमालमा ज्यान गुमाउने संख्या ६ पुग्यो, ३ बेपत्ता
गुण्डालाई नेताको साथ! नेतासहित पक्राउ
गुण्डालाई नेताको साथ! नेतासहित पक्राउ
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
‘स्टिङ अपरेशन’मा गएकालाई नै झुक्याउँदै कसरी गायब पारियो रकम ?
‘स्टिङ अपरेशन’मा गएकालाई नै झुक्याउँदै कसरी गायब पारियो रकम ?

तपाईंले छुटाउनुभयो कि?