तीन नरपालिकामा माओवादी विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
१०७९ पटक हेरिएको
Shares
तीन नरपालिकामा माओवादी विजयी

सारांश

  • कालीकोट, ५ जेठ ।
  • पछिल्लो मत गणनाअनुसार यहाँको तीन नगरपालिकासहित दुई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एक नगरपालिकामा नेकपा एमालेले जितेको छ ।
  • रास्कोट नगरपालिकामा प्रमुखमा माओवादीका काशीचन्द्र बरालले दुई हजार एक सय १५ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनिराज बरालले एक हजार आठ सय २० मत ल्याउनु भएको छ ।

कालीकोट, ५ जेठ । पछिल्लो मत गणनाअनुसार यहाँको तीन नगरपालिकासहित दुई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एक नगरपालिकामा नेकपा एमालेले जितेको छ ।
रास्कोट नगरपालिकामा प्रमुखमा माओवादीका काशीचन्द्र बरालले दुई हजार एक सय १५ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनिराज बरालले एक हजार आठ सय २० मत ल्याउनु भएको छ ।
उपप्रमुखमा सोही दलका मीमसरा शाहीले दुई हजार २३५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका उमा शाहीले एक हजार ८७२ मत ल्याउनु भएको थियो ।

खाँडाचक्र नगरपालिका प्रमुखमा एमालेका जसिप्रसाद पाण्डेले दुई हजार २०८ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटत प्रतिद्वन्द्वी माओवादीका लक्ष्मीप्रसाद चौलागार्इंले एक हजार ४६१ मत ल्याउनु भएको छ । त्यसैगरी उपप्रमुखमा सोही दलका विजया विष्टले एक हजार ९८७ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी माओवादीका गङ्गाकुमारी खड्काले एक हजार ४५६ मत ल्याउनुभएको छ ।
एघार वटा वडामध्ये सातवटा वडाको अध्यक्षमा एमाले, दुई÷दुई वटामा माओवादी र एउटामा नेपाली काँग्रेसले जित हात पारेका छन् ।

तिला गुफा नगरपालिकामा नेकपा माओवादीका रतनबहादुर शाहीले एक हजार ८५१ ल्याई विजयी हुनुभएको छ सो नगरपालिकाको उपप्रमुखमा दर्शना नेपालीले एक हजार ८४३ मत ल्याएर विजयी हुनुभएको छ ।

सान्नित्रिवेणी नगरपालिकामा माओवादीका डम्बरबहादुर शाहीले एक हजार ७७५ मत ल्याई विजयी हुनुभएको उपाध्यक्षमा पनि सोही दलकै होइजा बुढा (गिरी)ले एक हजार ७६८ मत ल्याई विजयी हुनुभएको छ ।

त्यसैगरी पचालझरना गाउँपालिकामा माओवादीका खड्कराज सेजुवालले एक हजार ६२३ मत ल्याई विजयी हुनुभयो भने उपाध्यक्षमा पनि सोही दलका तारा न्यौपानेले एक हजार ५६८ मत ल्याई विजयी हुनु भएको छ ।
पताङ्ला गाउँपालिकामा नेकपा माओवादीका लक्ष्मण बमले एक हजार ४२० मत ल्याई विजयी हुनुभयो भने उपाध्यक्षमा पनि सोही दलका दाना न्यौपानेले एक हजार ३७१ मत ल्याई विजयी हुनुभएको छ ।
पछिल्लो मतगणनाअनुसार महावै गाउँपालिकामा काँग्रेस र एमालेकोबीचमा भएको चुनावी तालमेलअनुसार काँग्रेसका नन्दबहादुर सिंहले एकहजार ४०० मत ल्याई विजयी हुनुभएको छ, भने उपाध्यक्षमा एमालेका मनराज शाहीे विजयी हुनुभएको छ ।

प्रमुख निर्वाचन अधिकृत केशवराज पाण्डेका अनुसार कालीका गाउँपालिकामा हिजो भएको पुनः मतदानपछि आज बिहानबाट गणना सुरु भएको छ भने नरहरिनाथ गाउँपालिका–६ मा यही ७ गते पुनः मतदान हुने भएको छ । उक्त मतदान केन्द्रमा मृतक उम्मेदवार धनरुप बटालाको स्थानमा वडा अध्यक्षको उम्मेद्ववारमा बटालाको पत्नी दूधा बटालालाई राप्रपाले उम्मेद्ववार उठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भष्ट्र कर्मचारीलाई हतकडी लगाउछु: मन्त्रि लालबावु पण्डित
भष्ट्र कर्मचारीलाई हतकडी लगाउछु: मन्त्रि लालबावु पण्डित
गीतकार भावेश भुमरीलाई साह्रै सताएपछि के गरे ? (भिडियोसहित)
गीतकार भावेश भुमरीलाई साह्रै सताएपछि के गरे ? (भिडियोसहित)
काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर
काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
पूर्व युवराजको स्टाटसमा करिष्मा मानन्धरको प्रतिकृया !!
पूर्व युवराजको स्टाटसमा करिष्मा मानन्धरको प्रतिकृया !!
पुष्प र शिल्पाको लोभी आँखा
पुष्प र शिल्पाको लोभी आँखा
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
बाढी र पहिरोका कारण मनाङ सडक अवरुद्ध !
बाढी र पहिरोका कारण मनाङ सडक अवरुद्ध !
विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान
विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान
जहाज दुर्घटनामा गुमेकी छोरीको शव आमाले नपाउँदा …
जहाज दुर्घटनामा गुमेकी छोरीको शव आमाले नपाउँदा …