रौतहटमा जलाइयो संविधान, सिके राउतका २९ कार्यकता पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
रौतहटमा जलाइयो संविधान, सिके राउतका २९ कार्यकता पक्राउ

सारांश

  • काठमाडौं, ३ असोज ।
  • नेपालको संविधान जारी भएको आजको दिनमा रौतहटमा संविधान जलाइएको छ ।
  • संविधान जलाइएपछि सिके राउतका २९ कार्यकर्ताहरु पक्राउ परेका छन् ।

काठमाडौं, ३ असोज । नेपालको संविधान जारी भएको आजको दिनमा रौतहटमा संविधान जलाइएको छ । संविधान जलाइएपछि सिके राउतका २९ कार्यकर्ताहरु पक्राउ परेका छन् ।
यसअघि सिके राउतले एक भिडियो सन्देशमार्फत सरकारलाई “फिरङ्गी सरकार”को संज्ञा दिँदै आजको दिनलाई “कालो दिवस”को रुपमा मनाउन आव्हान गरेका थिए । एक भिडियो सन्देशमा उनले “फिरङ्गी सरकार”ले आजैको दिन मधेसको अधिकार खोसेको आरोप लगाएका छन् ।

“आजैको दिन फिरङ्गी सरकारले संविधान जारी गरी मधेसको अधिकार खोसेको हो”, राउतले भिडियो सन्देशमा भनेका छन्, “संविधान जारी गरेर मधेसमा नेपालको औपनिवेशिक शासनलाई निरन्तरता दिएको हो ।” उनले नेपालको संविधानले मधेसी जनताको स्वतन्त्रता, सहिदको सपना र चाहनालाई ठुकराइएको आरोप लगाएका छन् ।

मेचीदेखि महाकालीसम्म पूरै मधेसमा कालो दिन मनाउन आव्हान गर्दै उनले आज जुनसुकै बाधा र व्यवधानका बीच पनि जनकपुरमा जम्मा भएर कालो दिवस मनाउन आव्हान गरेका छन् । “चले जनकपुर, भरे जनकपुर” भन्ने नारा लगाउँदै मधेसको माटोका लागि बलिदानी दिएका सहिदहरुप्रति श्रद्धाञ्जली दिन कालो दिवस मनाउने घोषणा पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान खानले फिल्म सुटिङको बेला मारेका थिए हरिण, ५ वर्ष जेल सजाय
सलमान खानले फिल्म सुटिङको बेला मारेका थिए हरिण, ५ वर्ष जेल सजाय
फुटबल खेलाडीको गोली हानी हत्या
फुटबल खेलाडीको गोली हानी हत्या
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
१५७ देशमा कोरोनाको महामारी, पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु
१५७ देशमा कोरोनाको महामारी, पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु
प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने
प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने
आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
कोमल वली डाको छोडेर रोईन : रुनाको कारण यस्तो
कोमल वली डाको छोडेर रोईन : रुनाको कारण यस्तो
ब्रिगेड ब्वाइजले तीन विदेशी खेलाडी क्लबमा भित्र्यायो
ब्रिगेड ब्वाइजले तीन विदेशी खेलाडी क्लबमा भित्र्यायो
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन
सार्वजनिक बिदा कटौती हुँदै – शनिबारबाहेक वर्षमा यी हुन् बिदा हुने दिन

तपाईंले छुटाउनुभयो कि?