लकडाउन प्रभाव : शान्त काठमाडौं

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ११, २०७६
|
|
६३ पटक हेरिएको
Shares
लकडाउन प्रभाव : शान्त काठमाडौं

सारांश

  • काठमाडौं।
  • सरकारले अख्तियार गरेको लकडाउनको पहिलो दिन दिउसो पनि राजधानी शान्त देखिएको छ।
  • उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सहरहरु बन्द छन्।

काठमाडौं। सरकारले अख्तियार गरेको लकडाउनको पहिलो दिन दिउसो पनि राजधानी शान्त देखिएको छ।
उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सहरहरु बन्द छन्। सडकमा मानिसहरु छैनन्। तर केही फाट्टफुट्ट मोटरसाइकलहरु चलेको देखिन्छ। प्रहरीले मोटरसाइकल चालकहरुलाई सम्झाएर घर पठाउने गरेको छ। काठमाडौंको न्यूरोड, असन लगायतका बजारहरु पूर्ण रुपमा बन्द छन्। उपत्यकामा तरकारीको आपूर्ति हुने प्रमुख बजार कालिमाटी फलफूल तथा तरकारी बजार पनि बन्द छ। सामाजिक सम्पर्क रोकेर भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिने विश्व स्वास्थ्य संगठनकोे सुझाव भएपछि विश्वका अधिकांस मुलुकहरुले लकडाउनको नीति अख्तियार गरेका छन्। त्यसैले नेपाल सरकारले पनि उक्त नीतिलाई अबलम्बन गरेको छ। जसले गर्दा मंगलबार बिहानै देखि सडकहरुमा अत्यावश्यक सेवाका साधनहरु मात्रै सञ्चालन भएको देखिन्छ। सडकका चोकचोकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ।
लक डाउन भनेको औषधि उपचार, खाद्य वस्तु खरिद लगायत अत्यावश्यक कामका लागि बाहेक बाहिर ननिस्कन सरकारले गरेको आदेश हो। सरकारले कोरोना भाइरसको संक्रमण भएका बिरामी फेला परेपछि संक्रमणलाई थप फैलिन नदिनका लागि ‘संक्रामक रोग ऐन २०२०’ अनुसार लक डाउनको नीति अख्तियार गरेको हो। सरकारले दिएको आदेशलाई नागरिकले पालना गरेको देखिन्छ। सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजे सम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
यि मध्ये माओवादी ‘ब्रान्ड’कस्ले कब्जा गर्ला ?
यि मध्ये माओवादी ‘ब्रान्ड’कस्ले कब्जा गर्ला ?
मृगलाई हानेको गोली मान्छेलाई लागेपछि…
मृगलाई हानेको गोली मान्छेलाई लागेपछि…
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)
सुस्तमनिस्थिति भएकी महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ
सुस्तमनिस्थिति भएकी महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ
कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
वर्षामा ठूलो जनधनको क्षति हुनुको कारण यस्तो
वर्षामा ठूलो जनधनको क्षति हुनुको कारण यस्तो
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की

तपाईंले छुटाउनुभयो कि?