मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ६, २०७३
|
|
५०१ पटक हेरिएको
Shares
मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित

सारांश

  • मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ ।
  • नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो ।
  • दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभग १२ फिट चौडाइको सडक निर्माण भइरहेको छ ।

मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो ।

दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभग १२ फिट चौडाइको सडक निर्माण भइरहेको छ । ट्र्याक खोल्ने काम सकेर डेढ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । सडक कालोपत्रेमा दर्जनौं भारतीय मजदुर परिचालित छन् ।

सडकको उचाइका कारण बर्खाको समयमा नेपाली भूभाग डुबानमा पर्ने खतरा पनि बढेको छ । सडक निर्माणका नाममा दसगजासँगै केही नेपाली भूमिसमेत अतिक्रमण गरिएको गुनासो स्थानीयको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न र बस्ती बसाउन नपाइने नियम उल्लंघन गर्दै भारतीय पक्षले एकलौटी रूपमा पक्की सडक निर्माण गरे पनि नेपालस्थित प्रशासनिक निकायले त्यसलाई रोक्न प्रभावकारी कदम चाल्न नसकेको गुनासो स्थानीय बासिन्दाको छ ।

‘दुईदेशीय सिमानामा सडक निर्माण गर्नु कूटनीतिक मर्यादाविपरीत हो’, एक स्थानीयले भने, ‘यस विषयमा पटकपटक जानकारी गराउँदा पनि नेपालस्थित प्रशासनिक निकायको पहल प्रभावकारी बनेन ।’

सडक निर्माणको विरोध गरेमा भारतीय प्रतिकारमा उत्रने र उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पनि सहयोग गर्ने भएकाले स्थानीय स्तरमा नेपाली सर्वसाधारण त्यसको विरोधमा उत्रन सक्ने अवस्था नरहेको ती स्थानीयले बताए ।

भारत अररियाको सुनामनी गुदाम गाउँ पञ्चायतका मुखिया अजय मण्डलले सडक निर्माणका लागि रकम निकासा गर्न सहयोग गरेका थिए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल
जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए
जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए
अमेरिका र मेक्सिको बीच  स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
अमेरिका र मेक्सिको बीच स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
८ महिनामा ३७ अर्बको धान तथा चामल आयात
८ महिनामा ३७ अर्बको धान तथा चामल आयात
देशभर ९ सय जनप्रतिनिधी रिक्त, उपनिर्वाचन किन गरिएन ?
देशभर ९ सय जनप्रतिनिधी रिक्त, उपनिर्वाचन किन गरिएन ?
शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनामतर्फ प्रस्थान
शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनामतर्फ प्रस्थान
प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर
प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर
नागरिक उड्डयन प्राधिकरणका ५ काण्ड, जसले महानिर्देशकको कुर्सी हल्लाए
नागरिक उड्डयन प्राधिकरणका ५ काण्ड, जसले महानिर्देशकको कुर्सी हल्लाए
नेपालबाट बाहिरिँदै विदेशी पुनर्बीमा कम्पनी
नेपालबाट बाहिरिँदै विदेशी पुनर्बीमा कम्पनी

तपाईंले छुटाउनुभयो कि?