लम्की र घोडाघोडीमा एमाले विजयी

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २१, २०७४
|
|
५३ पटक हेरिएको
Shares
लम्की र घोडाघोडीमा एमाले विजयी

सारांश

  • धनगढी, २१ असार ।
  • कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।
  • नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

धनगढी, २१ असार । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोकुल बाँस्तोलाले जानकारी दिनुभयो ।

उपप्रमुखमा एमालेकी टीका थापा सात हजार ९०५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका धनादेवी चौधरीले पाँच हजार ४९ मत प्राप्त गर्नुभयो । सो नगरपालिकामा ३९ हजार २३५ मतदाता रहेकामा २८ हजार ३५४ मत खसेको थियो ।

यस्तै कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि एमाले विजयी भएको छ । प्रमुखमा ममताप्रसाद चौधरी आठ हजार १६४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण चौधरीले सात हजार २३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

उपप्रमुखमा एमालेकै प्रेमकुमारी थापाले सात हजार २३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा चलाउने खड्काले सात हजार ६४ मत प्राप्त गर्नुभयो । सो नगरपालिकाको वडा नं १, ४, ५, ७, ९ र १० को वडाध्यक्षमा एमाले, वडा नं २ र ८ मा काँग्रेस, वडा नं ३, ६ र १२ मा माओवादी केन्द्र तथा वडा नं ११ मा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । कैलालीको १३ स्थानीय तहमध्ये १२ वटाको नतिजा आइसकेको छ भने धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ ।

वडाध्यक्षमा भाइले दाजुलाई पराजित गरे

धनगढी उपमहानगरपालिका– ३ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बलबहादुर ऐर एक हजार १३८ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी उहाँका दाजु राजबहादुर ऐर पराजित हुनुभएको छ ।

काँग्रेस उम्मेदवार राजबहादुरले एक हजार ८४ मत प्राप्त गर्नुभयो । विजयी बलबहादुरले दाजु पराजित हुँदा दुःख लागेको प्रतिक्रिया दिनुभयो । राजबहादुरले भने बागी उम्मेदवारका कारण आफू पराजित हुनुपरेको बताउनुभयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
सटर भाडामा ‘सलामी प्रथा’
सटर भाडामा ‘सलामी प्रथा’
बहुसंख्यक महिलामा वाइल्ड सेक्सको चाहना
बहुसंख्यक महिलामा वाइल्ड सेक्सको चाहना
सुन तस्करीका नाइके पौडेललाई माओवादीमा किन भित्र्याइयो ?
सुन तस्करीका नाइके पौडेललाई माओवादीमा किन भित्र्याइयो ?
उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल
उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल
दश महिना भित्र सन्दिप बने करोडपति, एपिएलमा १५ लाखमा अनुबन्धित !
दश महिना भित्र सन्दिप बने करोडपति, एपिएलमा १५ लाखमा अनुबन्धित !
संसारीमाई महापूजा आजबाट शुरु
संसारीमाई महापूजा आजबाट शुरु
Why Playing Free Slots to Play For Fun is Good For Your Betting Experience
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी

तपाईंले छुटाउनुभयो कि?