ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १३, २०७४
|
|
५० पटक हेरिएको
Shares
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट

सारांश

  • ललितपुर ।
  • ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो आयोजना गर्ने भएको छ ।
  • कम्पनीले यहि भदौ १६ गते मंगलवारदेखि भदौ २६ गतेसम्म आयोजना हुने गरी ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरेको छ ।

ललितपुर । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो आयोजना गर्ने भएको छ ।

कम्पनीले यहि भदौ १६ गते मंगलवारदेखि भदौ २६ गतेसम्म आयोजना हुने गरी ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरेको छ । कम्प्लेक्समा नै रहेको टेलि इनोभेसन प्रालिको शोरुमको ग्राण्ड ओपनिङ पनि एक्स्पोको शुभारम्भसँगै हुनेछ ।

ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सद्धारा आयोजना गरिने ललितपुर मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्मको छुट दिईने छ । ग्राहकहरुले कुनैपनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्नेछन् ।

त्यसैगरि हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन् ।

मोबाइल कम्प्लेक्समा न्यूनतम रु.९०० देखि रु.१ लाख ४० हजार सम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुनेछ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ ।

नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि महान चाडको अवसर पारेर योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

“यहाँ गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र उपलब्ध हुन्छन भन्ने ग्राहकहरुलाई थाहा भईसकेको छ । अब हामी हाम्रा ग्राहकहरुलाई आकर्षक उपहारसहित खुशी बनाउन चाहन्छौं ।” अध्यक्ष बस्नेतले भने ।

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् ।

कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालका लागि भारतका नयाँ राजदूत विनयमाेहन क्‍वात्रा
नेपालका लागि भारतका नयाँ राजदूत विनयमाेहन क्‍वात्रा
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
देश अब विकास र समृद्धिमा अगाडि बढ्छः ओली
देश अब विकास र समृद्धिमा अगाडि बढ्छः ओली
सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी
सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी
स्व. जीवन आचार्यको कविता कृति लोकार्पण
स्व. जीवन आचार्यको कविता कृति लोकार्पण
आजैदेखि विकसित देश बनाउने प्रण गरौं : प्रधानमन्त्री
आजैदेखि विकसित देश बनाउने प्रण गरौं : प्रधानमन्त्री
झापाको क्याम्पामा नवीनले धुम मच्चाए।
झापाको क्याम्पामा नवीनले धुम मच्चाए।
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
उपत्यकामा आज ७६७ जना कोरोना संक्रमित

तपाईंले छुटाउनुभयो कि?