ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २४, २०८०
|
|
४५ पटक हेरिएको
Shares
ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश

सारांश

  • काठमाडौँ ।
  • ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ ।
  • काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

“सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला”, दाहालले भने । यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए ।

बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो । आज घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि थुनछेक आदेश आउनेछ । कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो ।

विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ ।

आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।
चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।
३३ किलाे सुन प्रकरण: ३ जनालाई जेल चलानको आदेश
प्रचण्डले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य
प्रचण्डले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
बाँसकै चोया खेलाएरै बित्यो चेपाङ दम्पत्तीको जीवन
बाँसकै चोया खेलाएरै बित्यो चेपाङ दम्पत्तीको जीवन
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय

तपाईंले छुटाउनुभयो कि?