ललिता निवास प्रकरण : दुई पूर्वकर्मचारी पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २६, २०८०
|
|
५६ पटक हेरिएको
Shares
ललिता निवास प्रकरण : दुई पूर्वकर्मचारी पक्राउ

सारांश

  • काठमाडौँ ।
  • ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिनुभयो ।

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिनुभयो । उनीहरुमाथि मन्त्रिपरिषदको निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ । त्यो फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा समक्ष पेस भएको पाइएको प्रहरीले जनाएको छ ।

यसअघि आइतबार सिआइवीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको थियो । कीर्ते तथा सङ्गठीतरुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायतलाई पक्राउ परिसकेका छन् ।

प्रहरीले अहिलेसम्म १४ जनालाई पक्राउ गरिसकेको छ । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

(https://www.riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले गठन ग-यो एक उच्चस्तरीय वार्ता टोली
सरकारले गठन ग-यो एक उच्चस्तरीय वार्ता टोली
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने
निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
सङ्घीयताको नाममा तीन तहको सरकार आवश्यक छैन : अध्यक्ष लिङ्देन
सङ्घीयताको नाममा तीन तहको सरकार आवश्यक छैन : अध्यक्ष लिङ्देन
फोर्ब्सको एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली युवा
फोर्ब्सको एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली युवा
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आए
चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आए
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
विप्लव समूहकाे बन्दका क्रममा चितवनमा सिलिण्डर बम बिस्फाेट
विप्लव समूहकाे बन्दका क्रममा चितवनमा सिलिण्डर बम बिस्फाेट

तपाईंले छुटाउनुभयो कि?