लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
४० पटक हेरिएको
Shares
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताउनुभएको छ ।
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि काँग्रेसको घोषणापत्र आज एक समारोहमा सार्वजनिक गर्दै उहाँले काँग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव भएको र मुलुकमा अब आर्थिक समृद्धि गर्न पनि आसन्न निर्वाचनमा पनि काँग्रेस विजयी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
  • कम्युनिष्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र मानवाधिकार हनन हुनाका साथै त्रासको वातावरण हुने बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “जनतालाई देशको मालिक बनाउन लोकतन्त्र नै चाहिन्छ र लोकतन्त्रको संरक्षण काँग्रेसले मात्र गर्न सक्छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि काँग्रेसको घोषणापत्र आज एक समारोहमा सार्वजनिक गर्दै उहाँले काँग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव भएको र मुलुकमा अब आर्थिक समृद्धि गर्न पनि आसन्न निर्वाचनमा पनि काँग्रेस विजयी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कम्युनिष्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र मानवाधिकार हनन हुनाका साथै त्रासको वातावरण हुने बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “जनतालाई देशको मालिक बनाउन लोकतन्त्र नै चाहिन्छ र लोकतन्त्रको संरक्षण काँग्रेसले मात्र गर्न सक्छ ।” हिमाल, पहाड र मधेशलाई जोड्ने एक मात्र पार्टी काँग्रेस भएको दाबी गर्दै उहाँले समावेशी अधिकार स्थापित गर्न, राष्ट्रिय एकता बलियो बनाउन र राष्ट्रिय अन्तरराष्ट्रिय विश्वासका लागि पनि मुलुकमा काँग्रेसको विजय अपरिहार्य छ भन्नुभयो ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकपछि मुलुकमा नयाँ संविधानमार्फत राजनीति व्यवस्थाको टुंगो लागेको बताउँदै मुलुकमा अब आर्थिक समृद्धि आवश्यक भएको र यसका लागि काँग्रेसले घोषणापत्रमार्फत प्रतिबद्धता सार्वजनिक गरेको जानकारी दिनुभयो ।

‘संविधान जारी गर्दाका सहयात्री दलहरु नै संविधानको मौलिकता परिवर्तन गरी अधिनायकवादतर्फ उन्मुख भएकामा’ चिन्ता व्यक्त गर्दै वरिष्ठ नेता पौडेले भन्नुभयो, “त्यस्तो प्रयासलाई काँग्रेसले कदापि सफल हुन दिँदैन ।”

पार्टीका महामन्त्री डा शशांक कोइरालाले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु काँग्रेसका लागि चुनौती भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सम्पूर्ण काँग्रेस नेता कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

पार्टीका नेता एवं घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले घोषणापत्रका बारेमा जानकारी दिँदै राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण र मुलुकको समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेन्नई आईपीएलको फाइनलमा, दिल्ली पराजित
चेन्नई आईपीएलको फाइनलमा, दिल्ली पराजित
ओलीले भने,  बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
ओलीले भने, बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
नियमावली संसोधन अनिश्चित,राष्ट्र बैंकमा सेवा अवधिको विवाद लम्बिँदै,
नियमावली संसोधन अनिश्चित,राष्ट्र बैंकमा सेवा अवधिको विवाद लम्बिँदै,
गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर- प्रधानमन्त्रीका भारत भ्रमणका एजेन्डा
गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर- प्रधानमन्त्रीका भारत भ्रमणका एजेन्डा
६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?
६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?
अर्कैसँग लागेकी देउरानीद्वारा गर्भवती जेठानीको हत्या
अर्कैसँग लागेकी देउरानीद्वारा गर्भवती जेठानीको हत्या
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
३२ जिल्लामा कांग्रेसले तोक्यो चुनावी कमाण्डर (नामसहित)
३२ जिल्लामा कांग्रेसले तोक्यो चुनावी कमाण्डर (नामसहित)
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ

तपाईंले छुटाउनुभयो कि?