लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १, २०८०
|
|
४९ पटक हेरिएको
Shares
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह

सारांश

  • काठमाडौं ।
  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।
  • लोकसेवा आयोगको ७३औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै उहाँले निजामती सेवाका पदको नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र सो पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने आयोगको जिम्मेवारी सन्तोजनक रहेकाले सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

लोकसेवा आयोगको ७३औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै उहाँले निजामती सेवाका पदको नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र सो पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने आयोगको जिम्मेवारी सन्तोजनक रहेकाले सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

उनले जनतालाई सहज र सुलभरुपमा सेवा दिने निजामतीलगायत क्षेत्रका कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको र यसलाई निरन्तरता दिन पनि आग्रह गरे ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी भर्ना र छनोटको कार्यलाई थप वस्तुनिष्ट, समसामयिक र विश्वसनीय बनाउन तथा आयोगको संस्थागत क्षमता सुदृढीकरण गर्न आयोगले दोस्रो रणनीति योजना (२०७९/८०– २०८३/८४) तर्जुमा गरी कार्यान्वयननमाा ल्याइएको जानारी दिए ।

उनले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तरपुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन कार्यदलको सुझावका आधारमा प्रणालीगत विकास गरिएको बताए ।

आयोगले अनलाइन प्रणालीको टेक्नोलोजी तथा आर्किटेक्चर अपग्रेड गरी विकास गरिएको नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएकाले तथ्याङ्क व्यवस्थापन कार्य आगामी दिन थप व्यवस्थित हुने पनि उनले स्पष्ट गरे ।

नेपालमा वि.सं २००८ भदौ १८ मा पहिलो पटक छ पदका लागि विज्ञापन गरेर आयोगले कार्यारम्भ गरेको थियो । कार्यक्रममा संवैधानिक निकायका प्रमुखहरु, आयोगका पूर्वअध्यक्षहरु, महान्यायाधिवक्ता, सरकारका मुख्यसचिवलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
नेपालले नगरेको गल्तीको सजाय भोग्दै : राष्ट्रपति भण्डारी
नेपालले नगरेको गल्तीको सजाय भोग्दै : राष्ट्रपति भण्डारी
अभिनेता रणवीर सिंहमाथि पनि भएको थियो यौन दुव्र्यवहार
अभिनेता रणवीर सिंहमाथि पनि भएको थियो यौन दुव्र्यवहार
‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा
‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा
भारतीय विदेशमन्त्री फर्किए
भारतीय विदेशमन्त्री फर्किए
मासु खाँदा घाँटीमा हाड अड्केर मृत्यु
जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले
जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
एमाले फुटाएर प्रधानमन्त्री बन्ने रणनीतिमा माधव नेपाल
एमाले फुटाएर प्रधानमन्त्री बन्ने रणनीतिमा माधव नेपाल
फेसबुकबाट अपशब्द पठाएको भन्दै पूर्व डिएसपीलाई बुहारीले गरिन् उजुरी
फेसबुकबाट अपशब्द पठाएको भन्दै पूर्व डिएसपीलाई बुहारीले गरिन् उजुरी

तपाईंले छुटाउनुभयो कि?