लोग्नेलाई खाना नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
लोग्नेलाई खाना नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल

सारांश

  • काठमाडौं ।
  • प्रायः दिनहुँ विश्वमा अनौठो अनौठो घटनाहरू भइरहेका हुन्छन् ।
  • त्यस्तै युरोपेली मुलुक इटलीमा पनि अनौठो घटना भएको छ ।

काठमाडौं । प्रायः दिनहुँ विश्वमा अनौठो अनौठो घटनाहरू भइरहेका हुन्छन् । त्यस्तै युरोपेली मुलुक इटलीमा पनि अनौठो घटना भएको छ ।

आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ ।

मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मुद्दा हालेका हुन् । उनले आफ्नी श्रीमती विरुद्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुव्र्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।

४७ वर्षीय ती पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छनन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।

उनको अर्को आरोप झनै गम्भीर छ । आफू श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेटेको उनको गुनासो छ । यदि वादीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जेल सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।
(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी लिगमा जाँदै राकिटिक
साउदी लिगमा जाँदै राकिटिक
आज अमेरिकी राष्ट्रपतिका लागि निर्वाचन, ट्रम्प फेरि जित्लान् ?
आज अमेरिकी राष्ट्रपतिका लागि निर्वाचन, ट्रम्प फेरि जित्लान् ?
जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त
जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट
दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
नेपाली युवतीको अपराध नेक्सस अफ्रिकन युवकसम्म,उपहार पर्यो भन्दै ठगी !
नेपाली युवतीको अपराध नेक्सस अफ्रिकन युवकसम्म,उपहार पर्यो भन्दै ठगी !
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
कर्णाली पुग्यो कोरोना खोप

तपाईंले छुटाउनुभयो कि?