कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
५५ पटक हेरिएको
Shares
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ ।
  • बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी आज राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानूमान छ।

आगामी २४ घण्टामा सबै प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ। ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

यसैबीच, विभागले विगत छ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ। कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुंगालगायत अन्य भू–भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओ हो एक अधिकृतले कसरी कमाए अवैध १७ करोडभन्दा बढि ?
ओ हो एक अधिकृतले कसरी कमाए अवैध १७ करोडभन्दा बढि ?
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
नेपालमा केही ठग्ने र ठगिने तथा हेप्ने र हेपिने अवस्था रहन दिन्न: प्रधानमन्त्री ओली
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
डडेल्धुरामा आगलागी हुँदा २० लाखको क्षति
डडेल्धुरामा आगलागी हुँदा २० लाखको क्षति
कोरोना भाइरस : ‘खानेपानी नै छैन, के ले हात धुने ?’
कोरोना भाइरस : ‘खानेपानी नै छैन, के ले हात धुने ?’
वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री
वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री
शरीरभरि चरेस, २ जना महिला पक्राउ
शरीरभरि चरेस, २ जना महिला पक्राउ
क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु
क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?