आठौं इपिएस भाषा परिक्षा आजदेखि सुरु, ७५ हजार बढी परीक्षार्थी सहभागी हुँदै

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
आठौं इपिएस भाषा परिक्षा आजदेखि सुरु, ७५ हजार बढी परीक्षार्थी सहभागी हुँदै

सारांश

  • काठमाडौँ ।
  • रोजगार अनुमति प्रणाली अन्तर्गत इपिएस भाषा परिक्षा आज (शनिबार)देखि सुरु हुँदैछ।
  • परिक्षाका लागि काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् ।

काठमाडौँ । रोजगार अनुमति प्रणाली अन्तर्गत इपिएस भाषा परिक्षा आज (शनिबार)देखि सुरु हुँदैछ। परिक्षाका लागि काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् ।

दक्षिण कोरिया जान फारम भरेका युवाले आज र भोली भाषा परिक्षा दिन लागेका हुन् । यो वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रमा १० हजार दुई सय युवालाई कामका लागि लैजाने भएको छ ।

यो वर्षको भाष परिक्षामा ७५ हजार ५ सय ८० परीक्षार्थी सहभागी हुँदैछन् । परिक्षा आज बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि सञ्चालन हुने वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ।

आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?