वनमौरी लोपोन्मुख हुँदै

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २३, २०७५
|
|
५९ पटक हेरिएको
Shares
वनमौरी लोपोन्मुख हुँदै

सारांश

  • कञ्चनपुर,२३ माघ ।
  • कञ्चनपुरमा वन भीर मौरीको वासस्थान नासिँदै जान थालेपछि लोपोन्मुख अवस्थामा पुगेको छ ।
  • बस्ती वरपरका रुख, झाडीमा घार बनाई बस्ने वन मौरी आजभोलि देख्न मुस्किल हुन थालेको छ ।

कञ्चनपुर,२३ माघ । कञ्चनपुरमा वन भीर मौरीको वासस्थान नासिँदै जान थालेपछि लोपोन्मुख अवस्थामा पुगेको छ । बस्ती वरपरका रुख, झाडीमा घार बनाई बस्ने वन मौरी आजभोलि देख्न मुस्किल हुन थालेको छ ।

मौरीले घार बनाउन रुचाउने रुख अवैध रुपमा कटानी भएपछि र झाडी मासेर बस्ती बसेसँगै वनमौरी लोपोन्मुख अवस्थामा पुगेको हो । लालपूर्जावाला जग्गाको प्रमाण देखाएर वनका कर्मचारीको मिलेमतोमा ऐलानी जग्गामा रहेका रुख धमाधम काटेर नासिएसँगै वन मौरीको सङ्ख्यामा समेत कमी आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रका बस्तीमा रहेका सिमललगायतका रुख अवैध रुपमा कटानी तीव्र हँुदै गएसँगै वन मौरीसमेत देखिन छाडेको स्थानीयवासी धनुराम रानाले बताउनुभयो ।

विगतमा सिमलको एकै रुखमा सात देखि १० वटासम्म वनमौरीले घार बनाएर बस्ने गरेको भेटिन्थ्ये उहाँले भन्नुभयो,“सिमल कटानीसँगै वनमौरी देख्न समेत दुर्लभ भएको छ ।”

निकुञ्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन नजिकका क्षेत्रमा सिमलका रुख देख्न समेत दुर्लभ हुन थालेको छ । वन मौरी नासिनुको अर्को कारण जलवायु परिवर्तनको असर समेत भएको कृष्णबहादुर ठगुन्नाले भन्नुभयो, “चिसोमा धेरै चिसो र गर्मीमा धेरै गर्मी हुने हावाहुरीको स्वरुपमा समेत विगतको तुलनामा निकै फेरबदल भएकाले वातावरण अनुरुप ढाल्न नसक्दा वन मौरी लोपोन्मुख अवस्थामा पुग्न थालेको छ ।”

वन मौरीले तोरीबाट मह बनाउन मन पराउने भए पनि त्यसमा विषादीको अत्यधिक प्रयोगले मौरी मर्ने गरेका छन् । सीप नभएका व्यक्तिले मौरीको घारमा आगो लगाई मह काड्ने गरेकाले पनि अधिकांश मौरी मर्ने गरेकाले पनि वन मौरीको अस्तित्व सङ्कटमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड
बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन
तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन
बढ्दैछ मौरीपालनमा किसानको आकर्षण
बढ्दैछ मौरीपालनमा किसानको आकर्षण
संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (अडियो)
संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (अडियो)
दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा
दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
The Good, The Bad and Hot Overseas Women
यौनकर्मी र लागूऔषध को कारण टंकप्रसाद भट्टराई को हत्या
यौनकर्मी र लागूऔषध को कारण टंकप्रसाद भट्टराई को हत्या
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ

तपाईंले छुटाउनुभयो कि?