वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
३८ पटक हेरिएको
Shares
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

रामपुर, पाल्पा, १९ असोज  ः अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गर्नुभएको छ ।

वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बस्नुभएकी भण्डारीले अहिले कागती खेती शुरु गरेपछि अहिले उहाँ वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थाल्नु भएको छ ।

भण्डारीले आजभन्दा चार वर्ष पहिले १० बोट कागतीबाट व्यवसाय शुरु गर्नुभएको हो । वर्षैपिच्छे व्यवसाय बढाउँदै गएपछि अहिले उहाँले बारीमा चार सय बोट कागती लगाउनुभएको र यसलाई बढाएर पाँच सय बोट पु¥याउने लक्ष्य लिनुभएको छ । भण्डारीले १५० बोट कागतीबाट झण्डै रू एक लाख ५० हजार बराबरको आम्दानी गरेको बताउनुभयो । घरबाटै प्रतिकेजी सयमा धमाधम कागती बिक्री भइरहँदा उहाँ आफँै व्यवसायमा दङ्ग पर्नुभएको छ । सबै बोट उत्पादनशील भएपछि वार्षिक रू २० लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

“विगतमा बारीभरि नै तरकारी, अन्नबाली, गेडागुडी लगायो, एक पाथी पनि स्याहार्नै पाइँदैनथ्यो, सबै बाँदर, दुम्सी, खरायो, मृगले खाएर सताउँथ्यो”, उहाँले भन्नुभयो, “बालीनाली लगाएपछि दिनरात बारीमै कुरेर बस्नुपथ्र्यो, अहिले कागती लगाएपछि वन्यजन्तुको डर पनि छैन आम्दानी पनि भइराखेको छ ।”
उहाँ मात्रै होइन गाउँका झण्डै २० कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका छन् । कागतीको बजार मूल्य राम्रो भएपछि यहाँका कृषकले व्यावसायिकरूपमा कागती खेती शुरु गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ :- कमल थापा
मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ :- कमल थापा
अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए
अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए
स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित
चितवनमा सवारी दुर्घटनामा परी एक वर्षमा १४६ को मृत्यु
चितवनमा सवारी दुर्घटनामा परी एक वर्षमा १४६ को मृत्यु
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको माग
जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको माग
लुक्लादेखि सगरमाथाको चुचुरोसम्म बुद्धको स्टीकर राखिने
लुक्लादेखि सगरमाथाको चुचुरोसम्म बुद्धको स्टीकर राखिने
“उम्मेदवार र सुरक्षाकर्मीलाई लक्षितगरी हिंसा हुनु चिन्ताको विषय हो “-प्रधानन्यायाधीश श्रेष्ठ
“उम्मेदवार र सुरक्षाकर्मीलाई लक्षितगरी हिंसा हुनु चिन्ताको विषय हो “-प्रधानन्यायाधीश श्रेष्ठ
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
बीआरआईको उचित कार्यान्वयनले सबै छिमेकी लाभान्वित हुनसक्छन् :राष्ट्रपति भण्डारी
बीआरआईको उचित कार्यान्वयनले सबै छिमेकी लाभान्वित हुनसक्छन् :राष्ट्रपति भण्डारी