बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
३९ पटक हेरिएको
Shares
बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?

सारांश

  • सुन्दरीजल, २२ असार  ।
  •   मेलम्ची खानेपानीका लागि बिछ्याएका पाइप परीक्षण तथा सफा (फ्लसिङ) गर्ने काम सुरु भएको छ ।
  • सुन्दरीजलदेखि चाबहिल धोविखोलासम्मको करिब ११ किमि क्षेत्रफलमा बिछ्याएका मुख्य पाइप सफा गर्ने काम सुरु भएको परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का परियोजना निर्देशक तिरेश प्रसाद खत्रीले बताउनु भयो ।

सुन्दरीजल, २२ असार  ।  मेलम्ची खानेपानीका लागि बिछ्याएका पाइप परीक्षण तथा सफा (फ्लसिङ) गर्ने काम सुरु भएको छ ।

सुन्दरीजलदेखि चाबहिल धोविखोलासम्मको करिब ११ किमि क्षेत्रफलमा बिछ्याएका मुख्य पाइप सफा गर्ने काम सुरु भएको परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का परियोजना निर्देशक तिरेश प्रसाद खत्रीले बताउनु भयो ।

पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेपछि पिआईडीले सुन्दरीजलस्थित बागमतीबाट पानी ल्याएर परीक्षण सुरु गरेको हो । निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार, पाइपबाट ल्याइएको बागमतीको पानी सुन्दरीलजस्थित संकलन केन्द्रमा संकलन तथा प्रशोधन गरेर मुख्य पाइपमा पठाउने काम भइरहेको छ ।

‘पाइपको प्रेसर तथा पाइपभित्र जमेको फोहोर पनि सफा (फ्लसिङ) गर्ने काम हुँदै छ । मुख्य पाइपको परीक्षण सकिनेबित्तिकै अन्य पाइपको परीक्षण सुरु हुन्छ ।’

निर्देशक खत्रीका अनुसार, मुख्य र शाखा पाइपको परीक्षण सकिएपछि जडान गरिएका धाराहरूको पनि चेकजाँच गरिनेछ । ६१ किमि लामो मुख्य पाइप लाइनमध्ये ५८ किमिमा पाइप बिछ्याइसकिएको छ । कलंकीकाे अन्डरपास वेकाे काम सम्पन्न नभएकाेले ३ किमि क्षेत्रमा पाइप  बिछ्याउन बाँकी छ ।

शाखा पाइपअन्तर्गत पनि ७ सय ८३ मध्ये ७ सय ३५ किमि क्षेत्रफलमा  पाइप बिछ्याउने काम सम्पन्न भएकाे छ । मेलम्चीको पानी अाउनु अगावै बागमतीकाे दैनिक ४ कराेड लिटर पानी काठमाडाैं उपत्याकावासीकाे धारामा झार्ने याेजनासहित पाइप परीक्षण फ्लसिङकाे काम  सुरू भएकाे बताउनु हुन्छ निर्देशक खत्री ।

उहाँले भन्नुभयाे, ‘एक्कासी बागमतीकाे पानी ल्याउने कुराले मेलम्चीकाे पानी तत्काल नअाउने हाे  कि भन्ने लाग्ला । मेलम्चीकाे पानी छिट्टै काठमाडाैं उपत्यका ल्याउनका लागि नै याे पूर्व तयारी भएकाे हाे । बिछ्याइएका पाइपकाे परीक्षाण तथा फ्लसिङकाे काम सम्पन्न भएकाे खण्डमा मेलम्चीकाे पानी सुन्दरीजल अाउने  बित्तिकै प्रयाेग गर्न सकिने अवस्थामा पठाउन सकिन्छ ।’

कूल ७० हजार ८ सय ८५ हजार खानेपानीको धारामध्ये ५४ हजारभन्दा बढी जडान गर्ने काम सम्पन्न भएकाे छ । पानी संकलन तथा वितरणका लागि रिङराेडका बाँसबारी, महांकाल चौर र बालाजुलगायतका अाठ वटा स्थानमा नयाँ पानीपाेखरी निर्माण गरिएकाे निर्देशनालयले जनाएकाे छ ।     

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयको आग्रह
गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयको आग्रह
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती
बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल
बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल
‘म आफैं जेल जान्थे’, तर छोरीको विवाहपछि : गायक प्रकाश ओझा
‘म आफैं जेल जान्थे’, तर छोरीको विवाहपछि : गायक प्रकाश ओझा
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
चामलको बोरामा मुसाले प्वाल पारेपनि सरकारलाई नै गाली : प्रम ओली
चामलको बोरामा मुसाले प्वाल पारेपनि सरकारलाई नै गाली : प्रम ओली
कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि, जित्लान  त सिटौला ले ?
कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि, जित्लान त सिटौला ले ?
विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार
विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !