३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित

सारांश

  • अस्बिन खड्का, २७ वैशाख- ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा आज बिहीबारदेखि हुने थुनछेक बहसमा काठमाडौंबाट समेत जिल्ला पुगी ५० भन्दा बढी कानुन व्यवसायी उत्रने भएका छन्।
  • जिल्ला अदालतको इतिहासमा सायद पहिलो पटक यति धेरै कानुन व्यवसायी एउटै मुद्दामा वहस गर्न उत्रन लागेका हुन्।
  • ६३ जना अभियुक्त विरुद्ध दायर भएको सुन तस्करी, संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा यति धेरै कानुन व्यवसायीले बहस गर्ने भएका हुन्।

अस्बिन खड्का, २७ वैशाख- ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा आज बिहीबारदेखि हुने थुनछेक बहसमा काठमाडौंबाट समेत जिल्ला पुगी ५० भन्दा बढी कानुन व्यवसायी उत्रने भएका छन्।

जिल्ला अदालतको इतिहासमा सायद पहिलो पटक यति धेरै कानुन व्यवसायी एउटै मुद्दामा वहस गर्न उत्रन लागेका हुन्। ६३ जना अभियुक्त विरुद्ध दायर भएको सुन तस्करी, संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा यति धेरै कानुन व्यवसायीले बहस गर्ने भएका हुन्।

जिल्ला अदालतले सोमबारसम्म आरोपपत्रसँगै पेश भएका ३० प्रतिवादीको वयान सकेको छ । बयान सकिएका ३० प्रतिवादीका हालसम्म ४३ जना कानुन व्यवसायीको वकालतनामा प्राप्त भएको अधिवक्ता भरतबहादुर थापाले बताए। उनी आफैं अभियुक्त तुलाराम थारूका तर्फबाट बहस गर्न उत्रँदैछन् ।

काठमाडौंबाट आउने बाहेकका कानुन व्यवसायीको संख्या ४३ पुगेकाले उनीहरु समेत समेटिँदा बहसमा उत्रिने वकिलको संख्या ५० माथि पुग्ने उनले बताए । तर, एकिन संख्या भने बिहीबार बिहान १० बजे सुनुवाई सुरु हुने समयमा प्राप्त हुने उनले जानकारी दिए।

थापाका अनुसार अहिलेसम्म वकालतनामा भर्नेहरुमा ५ वरिष्ठ अधिवक्ता र बाँकी अधिवक्ता छन्। वरिष्ठ अधिवक्ताहरू रमेश कोइराला, हिक्मत पौडेल, विपुलेन्द्र चक्रवर्ती, सुरेशलाल श्रेष्ठ, राजेन्द्र भट्टराईको नाम प्राप्त भएको उनले बताए।

चक्रवर्ती सर्वोच्च अदालतको न्यायाधीश अस्वीकार गरी बसेका मोरङका वरिष्ठ अधिवक्ता हुन्। अधिवक्ताहरू देवीबहादुर घिमिरे, हेमराज पन्त, विकास थापा, देवेन्द्र कोइराला, नारायण वस्ती, रामप्रसाद भण्डारी, शान्तिराम भण्डारी, रूपेश कोइराला, दीपक खतिवडा, यमबहादुर मगर, लक्ष्मण न्यौपाने, मधुसुधन चौधरी, भक्ति माझी, विश्वराम भट्टराई, रेखा थापा, कविता बस्नेत, पुष्करचन्द्र घिमिरे, खगेन्द्रबहादुर श्रेष्ठ, डिल्लीबहादुर कार्की, अशोक पोखरेल, मोहन कोइराला र टंक उप्रेती लगायत ३० जनाले अभियुक्तका तर्फबाट बहस गर्नेछन्। काठमाडौंबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, शम्भु थापा, रमण श्रेष्ठ र सुनिल पोखरेल, सतिषकृष्ण खरेल लगायतका अधिवक्ता बिराटनगर पुग्ने बताइएको छ ।

प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। एकजना अभियुक्त भने अदालतमै उपस्थित भएका थिए।

प्रहरी हवल्दार अमरबहादुर थापा राष्ट्रसंघीय शान्ति मिसनबाट फर्काइएपछि उनी मोरङ जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आएका थिए। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ।

सबै मुद्दामा अदालतले एकैपटक बयान गराएको छ। सरकारी वकिलको कार्यालय मोरङले गत बुधबार बहालवाला एसएसपी, अन्य प्रहरीका उच्च अधिकारी लगायत ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। मिलेमतोमा सुन तस्करी गर्ने चुडामणि उप्रेती ‘गोरेु समूहले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी गरिएको थियो।

सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झोले र पोके सामान आयातमा प्रतिबन्ध
झोले र पोके सामान आयातमा प्रतिबन्ध
कर्णालीको विकासका लागि आधुनिक बस्ती विकास गर्नुपर्छ : प्रम ओली
कर्णालीको विकासका लागि आधुनिक बस्ती विकास गर्नुपर्छ : प्रम ओली
सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्निनयुक्ति गर्ने तयारीमा प्रम ओली
सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्निनयुक्ति गर्ने तयारीमा प्रम ओली
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुरः प्रधानमन्त्री ओली
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति
मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति
मधेस प्रदेशमा आलोपालो सरकार चलाउने सहमति
मधेस प्रदेशमा आलोपालो सरकार चलाउने सहमति
कोजाग्रतमा ताल-बाराही देवीको दर्शन गर्नेको घुइँचो
कोजाग्रतमा ताल-बाराही देवीको दर्शन गर्नेको घुइँचो
सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध | रिपोर्टर्स नेपाल
सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध | रिपोर्टर्स नेपाल
भक्तपुरको इन्द्रायणी मन्दिरबाट कसले चोर्यो सयौ वर्ष पुराना सामग्री ?
भक्तपुरको इन्द्रायणी मन्दिरबाट कसले चोर्यो सयौ वर्ष पुराना सामग्री ?

तपाईंले छुटाउनुभयो कि?