वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ९, २०७७
|
|
३१ पटक हेरिएको
Shares
वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

सारांश

  • वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
  • आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो ।
  • प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।

वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।

प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले हिजो बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गरेको सचिवालयका सचिव खड्काले जानकारी दिए। प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवघाटमा सद्बीज छर्न हालसम्मकै बढी भक्तजन
देवघाटमा सद्बीज छर्न हालसम्मकै बढी भक्तजन
सडक नबने पछि थलीबासी आन्दोलित, सडक ठप्प पारे
सडक नबने पछि थलीबासी आन्दोलित, सडक ठप्प पारे
दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ– प्रम ओली
दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ– प्रम ओली
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
Chinese investors urged to spur investment in Nepal
Chinese investors urged to spur investment in Nepal
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग

तपाईंले छुटाउनुभयो कि?