वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २९, २०७४
|
|
५९ पटक हेरिएको
Shares
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय

सारांश

  • काठमाडाैं, पुस २९ ।
  • नेकपा एमालेले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार नबनेकालाई मात्र राष्ट्रिय सभामा उम्मेदवार बनाउने भएको छ ।
  • केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले तीनवटै तहको निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय सभामा उम्मेदवार बन्न नपाउनेसहितका ६ बुँदे मापदण्ड बनाएको हो ।

काठमाडाैं, पुस २९ । नेकपा एमालेले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार नबनेकालाई मात्र राष्ट्रिय सभामा उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले तीनवटै तहको निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय सभामा उम्मेदवार बन्न नपाउनेसहितका ६ बुँदे मापदण्ड बनाएको हो । २४ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ ।

अाजको नयाँ पत्रिकामा खबर छ-कार्यबाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी ५ माघसम्म तोकिएको मापदण्डका आधारमा उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गर्न प्रदेश संगठन कमिटीलाई निर्देशन दिएको छ ।

संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका उम्मेदवार बन्न योग्य रहेको पहिलो र दोस्रो मापदण्ड छन् । त्यस्तै,पार्टीसँगको वैचारिक आबद्धताका आधारमा समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका, भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवार चयन हुने मापदण्डमा उल्लेख छ ।

स्थानीय, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका र समानुपातिक सूचीमा नाम समावेश नभएका मात्र उम्मेदवार सिफारिसका लागि योग्य हुने तथा विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई सिफारिस गर्न सकिने मापदण्डमा भनिएको छ ।

सातवटै प्रदेशमा मतदाता प्रशिक्षण
एमालेले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचकमण्डलका सदस्यलाई प्रशिक्षण दिने भएको छ । एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा सातवटै प्रदेश संगठन कमिटीले प्रशिक्षण दिने व्यवस्था मिलाउने केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
राष्ट्रपतिले भने- नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ?
राष्ट्रपतिले भने- नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ?
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
के सम्बन्ध राम्रो बनाउनका लागि सेक्स आवश्यक छ ?
के सम्बन्ध राम्रो बनाउनका लागि सेक्स आवश्यक छ ?
बुहारी बलात्कार गर्ने ससुरा पक्राउ
बुहारी बलात्कार गर्ने ससुरा पक्राउ
सुन तस्करि प्रकरण: १० किलो सुनसहित भारतमा नेपाली पक्राउ
कैलालीमा जन्मियो एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएकाे शिशु
कैलालीमा जन्मियो एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएकाे शिशु
गच्छदारले मागे गृहमन्त्री , मन्त्रिपरिषद् हेरफेरबारे कांग्रेसमा छलफल !
गच्छदारले मागे गृहमन्त्री , मन्त्रिपरिषद् हेरफेरबारे कांग्रेसमा छलफल !
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
एमालेको चुनावी घोषणापत्रमा रेलदेखि मल कारखाना खोल्नेसम्मका कुरा
एमालेको चुनावी घोषणापत्रमा रेलदेखि मल कारखाना खोल्नेसम्मका कुरा

तपाईंले छुटाउनुभयो कि?