सुन तस्करि प्रकरण: १० किलो सुनसहित भारतमा नेपाली पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २६, २०७५
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २६ असार ।
  •   वीरगंजका सौरभ जैन १० किलो सुनसहित भारतको सिलिगुडीबाट पक्राउ परेका छन् ।
  • चर्चित ’हुन्डी र सुन कारोबारी’ सन्तोष जैनका छोरा ‘राजा’ भनिने सौरभ नेपाली रुपैयाँ सवा पाँच करोड मूल्य पर्ने १० किलो सुनसहित शनिबार पक्राउ परेका हुन् ।

काठमाडाै, २६ असार ।  वीरगंजका सौरभ जैन १० किलो सुनसहित भारतको सिलिगुडीबाट पक्राउ परेका छन् ।

चर्चित ’हुन्डी र सुन कारोबारी’ सन्तोष जैनका छोरा ‘राजा’ भनिने सौरभ नेपाली रुपैयाँ सवा पाँच करोड मूल्य पर्ने १० किलो सुनसहित शनिबार पक्राउ परेका हुन् ।

वीरगंज महानगरपालिका वडा नं–६ रेशमकोठीका बासिन्दा सौरभ र उनका चालक दिलीप चौरसियालाई भारतको राजस्व निर्देशनालय (डिआरआई) को टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सिलीगुडीबाट मुज्जफरपुर आउने क्रममा फुलवाडी–घोषपुकुर सडकखण्डबाट दुबै जनालाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

पक्राउ परेका दुबैलाई आइतबार अदालतमा पेस गरी न्यायिक हिरासतमा राखी अनुसन्धान हुँदैछ। पक्राउ परेका जैन र चौरसियासँग नेपाली नागरिकता फेला परेको अन्सन्धान टोलीले जनाएको छ ।

भारत बिहार, राज्य, पूर्वी चम्पारण घर भएका जैनले ०६३ सालमा नेपाली जन्मसिद्ध नागरिकता लिएका हुन् भने चौरसियाको वंशजको नागरिकता छ ।

सौरभ जैन वीरगंजमा भएको हुन्डीकाण्डका फरार अभियुक्त हुन् । ०७३ सालमा जैन निवास वीरगंज–६ रेशमकोठीमा पर्सा प्रहरीले छापामारी गर्दा अवैद्ध रूपमा वित्तीय कारोबार गरेको घटना सार्वजनिक एको थियो । त्यस बेला जैन निवासबाट स्रोत नखुलेको २ करोड ३२ लाख नगद, तथा विभिन्न बैंकको चेक बरामद गरिएको थियो ।

प्रहरीले तत्कालीन अवस्थामा सौरभका पिता सन्तोष जैन, आमा उषा जैन र भाई विक्की जैनलाई पक्राउ गरेको थियो। ४ करोड धरौटीमा रिहा भएका जैन परिवारमाथि अहिले पनि मुद्दा विचाराधीन छ । हुन्डी मुद्दामा सौरभ पहिले पनि भारतकै सिलिगुडीमा पक्राउ परी प्रहरीको हिरासतबाट फरार भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लामा मार्सीधानको खेती घट्दै
जुम्लामा मार्सीधानको खेती घट्दै
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्स सहित ३८ जना क्वारेन्टिनमा
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्स सहित ३८ जना क्वारेन्टिनमा
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की
सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की
यस्तो आउँदैछ रु ५ को नयाँ नोट ! (तस्बिरसहित)
यस्तो आउँदैछ रु ५ को नयाँ नोट ! (तस्बिरसहित)
नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु
नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु
गोविन्दराज जोशीको आक्रोस ,निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक ।
गोविन्दराज जोशीको आक्रोस ,निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक ।
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता
आजको बिदेशी मुद्राको बिनिमय दर
आजको बिदेशी मुद्राको बिनिमय दर
एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : माधव नेपाल
एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : माधव नेपाल

तपाईंले छुटाउनुभयो कि?