वामपन्थीको सरकार आएपछि आन्तरिक मामिलामा हात हाल्नेलाई पोल्छ : ओली

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
वामपन्थीको सरकार आएपछि आन्तरिक मामिलामा हात हाल्नेलाई पोल्छ : ओली

सारांश

  • विराटनगर, मंसिर १७ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांगे्रसका नेता विपी कोइरालाको असली चेला आफूहरु रहेको बताउनुभएको छ ।
  • वाम गठबन्धनद्वारा विराटनगरको पुष्पलालचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको माथिल्लो ओहोदामा विपीका असली चेला नभएर अलोकतान्त्रिक चरित्र भएकाको हालीमुहाली रहेको उहाँले आरोप लगाउनुभयो ।
  • ‘विपीले भनेको समाजवाद भन्यो भने झसंग हुन्छन्’, ओलीले भन्नुभयो, ‘विपीले भनेको राष्ट्रवाद भन्यो भने खोक्रो भन्छन्, असली चेला हामी भएका छौं, विपीका चेला कांग्रेसमा छैनन् ।

विराटनगर, मंसिर १७ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांगे्रसका नेता विपी कोइरालाको असली चेला आफूहरु रहेको बताउनुभएको छ ।

वाम गठबन्धनद्वारा विराटनगरको पुष्पलालचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको माथिल्लो ओहोदामा विपीका असली चेला नभएर अलोकतान्त्रिक चरित्र भएकाको हालीमुहाली रहेको उहाँले आरोप लगाउनुभयो ।

‘विपीले भनेको समाजवाद भन्यो भने झसंग हुन्छन्’, ओलीले भन्नुभयो, ‘विपीले भनेको राष्ट्रवाद भन्यो भने खोक्रो भन्छन्, असली चेला हामी भएका छौं, विपीका चेला कांग्रेसमा छैनन् ।’

प्रधानमन्त्री बन्ने इच्छा

अध्यक्ष ओलीले नेपालको आन्तरिक मामिलामा हात हालेर बिथोल्न खोज्नेका दिन अब सकिएको बताउनु्भयो । विदेशीले हात हालेकै कारण आफू सरकारबाट बाहिरिनु परेको तितो यथार्थ प्रस्तुत गर्दै ओलीले अब त्यस्ताका दिन सकिएको र कोही आन्तरिक मामिलामा हात हाल्न खोज्छ भने उ पोलिएर सकिने उल्लेख गर्नुभयो । ओलीले अब बन्ने सरकार दुई तिहाई मतसहितको हुने भएका कारण फेरि हात हाल्न खोजे त्यसले क्षति व्यहोर्ने ओलीको दाबी छ ।

‘अब आन्तरिक मामलामा कसैले हात घुसारेर खेल्न नखोजे हुन्छ’ ओलीले भन्नुभयो, ‘वामपन्थीको दुई तिहाइ आएपछि हात घुसारे भने पोल्नेछ ।’ अबको दुई तिहाइसहितको आफ्नो सरकार आएपछि कसैले हात हाल्न हैन छुन पनि नसक्ने ओलीको दाबी छ ।

माओवादी र एमाले मिलेपछि देशमा भ्रष्टाचारको अन्त्य, कृषिको आधुनिकिकरण, सरकारी, निजी तथा सहकारीको आधारमा विकास निर्माण गर्ने, उद्योगको स्थापना गर्ने र राष्ट्रियताको प्रवर्द्धन गर्ने उहाँको भनाई छ । कांग्रेसका उम्मेदवार जस्तो एमालेका लालबाबु र अमन मोदी भ्रष्टाचारी नभएको जानकारी दिँदै पैसा बाँडेर आफ्नो पक्षमा मत पार्छु भनने दिन सकिएको टिप्पणी गर्नुभयो ।

दोश्रो शहर छैठौँ बनाए

मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितले नेपाली कांग्रेसले नै विराटनगरलाई दोस्रो ठूलो शहरवाट छैठौं सहरको स्तरमा पुर्‍याएको भन्दै चर्को आलोचना गर्नुभयो । सभामा नेकपा माओवादी केन्द्रका लीलामणि पोखरेल र मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले विराटनगरको वृहत्तरको विकास लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो । पोखरेलले आगामी दिन नेपालका लागि सुखद रहेको दाबी गर्नुभयो । नेता पोखरेलले अति कष्ट र दुःखले गरिएको राजनीतिक परिवर्तनको उपलब्धी अब संस्थागत हुने विश्वास व्यक्त गर्नुभयो ।उज्यालो अन्लाईन बाट

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Tek Pun

    बामएकता/बाहुन एकता।क्षेत्रीय चुनाब/ क्षेत्रीहरु मोताउने चुनाब

      Comment Author

      Rameshwar Lal Shrestha

      99% right .

    Comment Author

    Raju Sth

    अइले धम्की

    Comment Author

    Khushilal Chaudhry

    कमरेड लालबाबु पण्डित को जित सुनिश्चित छ ।अग्रिम जितको लागि हार्दिक बधाई तथा शुभकामना छ कमरेड ज्यु ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?