विकासमा पक्ष विपक्ष हुनु हुँदैन : प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख १४, २०७६
|
|
५० पटक हेरिएको
Shares
विकासमा पक्ष विपक्ष हुनु हुँदैन : प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनुपर्ने बताएका छन् ।
  • अन्तर प्रदेश परिषदको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले एउटै योजनामा तानातान गर्ने भन्दा पनि तीनै तहका सरकारले समन्वय र योजना नदोहोरिने गरी बजेटमा समावेश गर्नुपर्ने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनुपर्ने बताएका छन् । अन्तर प्रदेश परिषदको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले एउटै योजनामा तानातान गर्ने भन्दा पनि तीनै तहका सरकारले समन्वय र योजना नदोहोरिने गरी बजेटमा समावेश गर्नुपर्ने बताए ।

“एउटै योजनामा तानातान होइन एउटा तहले सामेल गरेको योजनामाथि अर्को तहले हस्तक्षेप गर्नु हुदैन” प्रधानमन्त्री ओलीले भने, “सबैले समन्वय गरेर विकासका कामलाई अघि बढाउनुपर्दछ ।”
विकासका काममा पक्ष विपक्षमा विभाजित हुन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । “सबै मिलेर देशलाई समृद्ध बनाउने हो । यसमा पक्ष विपक्ष भइरहनु हँुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो

“हाम्रो मूख्य लक्ष्य सुशासन सहित संघीयताको कार्यन्वयन र विकास हो । यसमा सबैले एकजुट भएर लाग्नु पर्दछ ।” प्रधानमन्त्री ओलीले नेपालमा संघीयताको अभ्यास नयाँ भएकोले यसमा अभ्यस्त हुने क्रममा कही कतै समस्या देखिएका कुरालाई अन्यथा लिन नहुने बताए ।
देशको समुचित र सन्तुलित विकासका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने बताउँदै योजना र बजेट जनसंख्याका आधारमा मात्र वितरण गर्ने हो भने दुर्गम क्षेत्रको विकास हुन नसक्ने प्रधानमन्त्रीको भनाइ छ ।

“बजेट र योजना जनसंख्याको आधारमा मात्र होइन भौगोलिक अवस्था हेरेर पनि बिनियोजन गर्नुपर्दछ” प्रधानमन्त्रीले भने, “विकट भौगोलिक क्षेत्रमा बस्ती पनि पातलो हुन्छ विकासको खर्च पनि महंगो हुन्छ । त्यसकारण एउटा मात्र आधारमा बजेट विनियोजन गर्ने हो भने त्यस्ता ठाउँका जनताले विकासको अनुभूित गर्न पाउँदैनन् ।”

वैठकमा सातवटै प्रदेशका प्रमुख, जिल्ला समन्वय समिति, नगरपालिका संघ र गाउँपालिका महासंघका प्रतिनिधिहरुले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा भनाइ राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद बैठक बस्दै, विशेष राहत प्याकेज घोषणा गर्ने तयारी
मन्त्रिपरिषद बैठक बस्दै, विशेष राहत प्याकेज घोषणा गर्ने तयारी
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली
२४ घन्टामा १९ जना कोरोना संक्रमितको निधन
‘हिलारी स्टेप’ को अप्ठेरो ढुङ्गो कता हरायो ?
‘हिलारी स्टेप’ को अप्ठेरो ढुङ्गो कता हरायो ?
मन्त्रालय गाभिए, आधा कर्मचारी कटौतीमा पर्ने
मन्त्रालय गाभिए, आधा कर्मचारी कटौतीमा पर्ने
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै
‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगा कलाकार
‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगा कलाकार
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन

तपाईंले छुटाउनुभयो कि?