विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ६, २०७७
|
|
५२ पटक हेरिएको
Shares
विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ

सारांश

  • काभ्रेपलाञ्चोक।
  • विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ।
  • गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो।

काभ्रेपलाञ्चोक। विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ।

गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो। जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाद्वारा विदेशबाट आएकाको द्रुतगतिमा गरिएको कारोना भाइरस परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। चैत महिनायता घर फर्किएका २५१ जनाको गरिएको आरडिटीमा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए। उनले भने, “विदेशबाट फर्कने सबैको परीक्षण सकियो, कुनै व्यक्तिमा पनि कारोना भाइरस सङ्क्रमण नभएको पुष्टि भएको छ।”

डा झाका अनुसार विदेशबाट घर फर्किएकामध्ये आरडिटीमा दुई जनामा सङ्क्रमण शङ्का लागेकामा दोस्रो परीक्षण पोलिमरेज चेनज रियाक्सन (पिसीआर) गर्दा नेगेटिभ देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता जिल्लामा ४५१ जना विदेशबाट घर फर्किएको छ । तीमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको पाइएको हो । हाल चैत महिनामा मात्रै घर फर्किएकाको आरडिटी गरिएको छ । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले चैत अन्तिम हप्तामा आरडिटीका लागि काभ्रेपलाञ्चोकमा ३०० किट उपलब्ध गराएको थियो ।

विदेशबाट फर्किएका आठलाई मण्डनदेउपुर नगरस्थित क्यारेन्टाइनमा राखिएकामा उनीहरूको क्वारेन्टाइन बसाइँ अवधि सकिएपछि स्वास्थ्य परीक्षण गरेर एकान्तवास (होम क्वारेन्टाइन) पठाइएको थियो । अन्य स्थानीय तहमा विदेशबाट फर्किएकालाई स्थानीय तहका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको झाले बताए। कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि यहाँका सबै स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेको थियो। सबै क्वारेन्टाइन कक्ष हाल रित्तिएको अवस्थामा छ।

स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइनको व्यवस्थापन गरेका थिए । जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपाम १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थापन गरिएको थियो।

धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन्। जिल्लामा २७ देशबाट घर फर्किएको पाइएकोमा भारतपछि दुबइबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ।

(bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको बर्दीमा दाग लगाउने यी हुन् पुलिस संलग्न भएका चर्चित घटना
प्रहरीको बर्दीमा दाग लगाउने यी हुन् पुलिस संलग्न भएका चर्चित घटना
सोलुखुम्बुमा समानुपातिकतर्फ कांग्रेस पहिलो
सोलुखुम्बुमा समानुपातिकतर्फ कांग्रेस पहिलो
सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम बिष्फोट
सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम बिष्फोट
पवित्रा बनिन् प्रदेश नम्बर १ को पहिलो महिला सांसद
पवित्रा बनिन् प्रदेश नम्बर १ को पहिलो महिला सांसद
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
10 Free Mixte Relationship Sites & Software For Black And White Lonely women
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
क्रोएसियाका कप्तान मोड्रिच:  ६ वर्षको हुँदा शरणार्थी, प्रशिक्षक भन्थे फुटबल खेल्न सक्दैन
क्रोएसियाका कप्तान मोड्रिच: ६ वर्षको हुँदा शरणार्थी, प्रशिक्षक भन्थे फुटबल खेल्न सक्दैन
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन

तपाईंले छुटाउनुभयो कि?