विद्यालयभित्र पढाइ रोकेर राजनीतिक क्रियाकलापहरु हुँदा अप्ठ्यारो -अायाेग ।
सारांश
- काठ्माडाैं, मंसिर १ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा उम्मेदवारहरुले धेरै पैसा खर्च गरी मतदातालाई प्रलोभनमा पार्ने कोशिश गरेको पाइएको राष्ट्रिय मानव अघिकार आयोगले बताएकाे छ ।
- विद्यालय परिसरमा आमसभा गर्ने देखि नेताहरुले जथाभाबी हेलिकप्टर प्रयोग गर्ने जस्ता आचारसंहिता उल्लंघनका थुप्रै घटना भेटिएको निर्वाचन अनुगमन गरिरहेको आयोगले जनाएको छ ।
- स्थानीय तहको निर्वाचनको प्रचारको बेला भएका आचार संहिता उल्लंघनकै प्रकृतिका घटना प्रदेश र प्रतिनिधिसभा चुनावको प्रचारको क्रममा पनि दोहोरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
काठ्माडाैं, मंसिर १
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा उम्मेदवारहरुले धेरै पैसा खर्च गरी मतदातालाई प्रलोभनमा पार्ने कोशिश गरेको पाइएको राष्ट्रिय मानव अघिकार आयोगले बताएकाे छ ।
विद्यालय परिसरमा आमसभा गर्ने देखि नेताहरुले जथाभाबी हेलिकप्टर प्रयोग गर्ने जस्ता आचारसंहिता उल्लंघनका थुप्रै घटना भेटिएको निर्वाचन अनुगमन गरिरहेको आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको प्रचारको बेला भएका आचार संहिता उल्लंघनकै प्रकृतिका घटना प्रदेश र प्रतिनिधिसभा चुनावको प्रचारको क्रममा पनि दोहोरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
उम्मेदवारहरुले मतदातालाई प्रलोभनमा पार्ने कोशिश गरेको पाइएको मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बताइन् ।
अन्सारीले भनिन “मतदाताहरुलाई एक किसिमले रिझाउन महँगो प्रचारप्रसार भएको देखिएको छ । त्यस्तै विभिन्न नेताहरुले जिल्ला जाने क्रममा हेलिकप्टरको प्रयोग बढी रहेको छ । राजनीतिक कार्यक्रमहरु विद्यालयभित्र गरेपछि पढाइ रोकेर राजनीतिक क्रियाकलापहरु हुँदा अप्ठ्यारो अवस्था आइरहेको छ ।”-
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले करिब ४० को संख्यामा राजनीतिक दलका उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गरेका उजुरी परेकाे बताए ।ती सबैमा कारवाही प्रक्रिया शुरु भएको छ,कतिपयको सन्दर्भमा सम्बन्धित व्यक्ति वा प्रतिनिधि उम्मेदवारलाई स्पष्टीकरण सोध्ने क्रम जारी छ ।”
आचारसंहिता उल्लंघन गरेको भेटिएमा १ लाख रुपैंयासम्म जरिवाना गर्नेदेखि लिएर उम्मेदवारी नै रद्द गर्नसक्ने अधिकार निर्वाचन आयोगलाई छ,तर स्थानीय चुनाव देखिनै यसरी परेका उजुरी माथि ठूलो कारवाही भएका विवरण आयोगसंग छैन ।
प्रतिक्रिया