विप्लवलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक ६, २०७६
|
|
५८ पटक हेरिएको
Shares
विप्लवलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन

सारांश

  • वार्ताको पटक पटक प्रयास गर्दा पनि नआएपछि सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दसहितका प्रभावशाली नेताहरुको खोजी तिव्र पारेको छ ।
  • विप्लव रहेको सम्भावित जिल्लाका विभिन्न स्थानहरुमा सरकारले प्रहरी परिचालन गरेको छ ।
  • सरकारले इन्टेलिजेन्सलाई पनि सक्रिय बनाएको छ ।

वार्ताको पटक पटक प्रयास गर्दा पनि नआएपछि सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दसहितका प्रभावशाली नेताहरुको खोजी तिव्र पारेको छ । विप्लव रहेको सम्भावित जिल्लाका विभिन्न स्थानहरुमा सरकारले प्रहरी परिचालन गरेको छ । सरकारले इन्टेलिजेन्सलाई पनि सक्रिय बनाएको छ ।

भूमिगत अवस्थामा रहेका विप्लवलाई वार्तामा आउन पटक पटकको प्रयास गर्दा पनि नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियन्त्रणमा लिन कडा निर्देशन दिइसकेका छन् । ओलीले पटक पटक वार्ताको प्रयास गर्दा पनि नआएको भन्दै विप्लवप्रति कडा अभिव्यक्ति दिदै आएका छन् ।

विप्लवप्रति कडा बन्दै गएको सरकारले पक्राउ अभियान तिव्र पारेको छ । यसै हप्ता मध्यराति विप्लव समूहको बैठकस्थलमा छापा पारेर २१ कार्यकर्ता पक्राउ परे । चितवनबाट केन्द्रीय सदस्य गुणनिधि लोहनी पक्राउ परे । विप्लवका केन्द्रीय नेताहरु धमाधम पक्राउ परिरहेका छन् ।

विप्लवलाई पक्राउ गर्ने प्रयास भइरहेको सरकारी पक्षको संकेत छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले विप्लवले पटक पटक वार्ताको नाममा झुक्याएको बताए । विप्लवले प्रतिबन्धित कामहरु ऋगाडि बढाइरहने हो भने पक्राउ पर्ने उनको भनाई थियो । अर्यालले भने, ‘व्यवस्था र संविधानविरुद्ध जुन बेलामा गतिविधि हुन्छ त्यही बेलामा पक्राउ पर्दछन् ।’

प्रधानमन्त्री ओलीका परराष्ट्र मामला सल्लाकार डा. राजन भट्टराईले विप्लवलाई पक्राउ गर्न लागिएको सूचनाबारे सोधिएको प्रश्नमा भने, ‘गलत गर्दा सभामुखले त जे मन लाग्यो त्यही गर्न पाउँदैनन् भने नेत्रविक्रम चन्दले कहाँ पाउँछन् ?’ उनले सभामुख र सासदहरुले पनि कानुनी कठघरामा उभिनुपरेको भन्दै विप्लवलाई जे पायो त्यही गर्न छुट नभएको बताए ।

यसैगरी, विप्लव नेतृत्वको नेकपाले सैन्य संरचना बनाउन लागेको सूचना आएपछि सरकार गम्भीर भएको छ । विप्लव समूह सक्रिय रहेको जिल्लाहरुमा सुरक्षा समिति बैठक बसी आवश्यक कदम चाल्ने नीति निर्देशन भइसकेको छ । गृहमन्त्री बादल विप्लव समूहप्रति कडा बन्दै आएका छन् । उनको निर्देशन बमोजिम विप्लवका कार्यकर्ता धमाधम पक्राउ परेका छन् ।

विप्लव समूहका केन्द्रीय नेताहरु धमाधम पक्राउ पर्न थालेपछि सरकारले कडा नीति लिएको संकेत मिलिसकेको छ । विप्लव र प्रकाण्डलाई पक्राउ गर्न सरकार सक्रिय भइसकेको सूचना प्राप्त भएको छ । यता विप्लवले भने सरकारले प्रतिबन्ध फुकुवा गरे वार्ताको सम्भावना रहेको अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
एसईई परीक्षाफलको त्रुटि: छानबिन समिति गठन
एसईई परीक्षाफलको त्रुटि: छानबिन समिति गठन
पर्दामा किस नखाने कसम खाएका यी बलिउड कलाकार, केही छन् विश्वास नलाग्दा !
पर्दामा किस नखाने कसम खाएका यी बलिउड कलाकार, केही छन् विश्वास नलाग्दा !
खानेपानी समस्याले छोरी नदिने गाउँमा एक घर एक धारा
खानेपानी समस्याले छोरी नदिने गाउँमा एक घर एक धारा
डोटीमा ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए
डोटीमा ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
पहिलोपटक फ्रेन्चाइज क्रिकेट खेल्दै पारस खड्का
पहिलोपटक फ्रेन्चाइज क्रिकेट खेल्दै पारस खड्का
मोडेल भन्दा खुशी लाग्छ सुशिल काफ्ले लाइ !
मोडेल भन्दा खुशी लाग्छ सुशिल काफ्ले लाइ !

तपाईंले छुटाउनुभयो कि?