विमानस्थलका लागि पर्यटनमन्त्री अधिकारीका यस्ता छन् नयाँ विकल्प

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ११, २०७५
|
|
५७ पटक हेरिएको
Shares
विमानस्थलका लागि पर्यटनमन्त्री अधिकारीका यस्ता छन् नयाँ विकल्प

सारांश

  • पर्यटनमन्त्री रवीन्द्र अधिकारीले देखेका ३ विकल्प १.
  • तीन वर्षभित्र पोखरामा र लगत्तै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल हामीसँग एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ ।
  • त्यो पनि एउटै ‘रन वे’ भएको ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले देखेका ३ विकल्प

१. तीन वर्षभित्र पोखरामा र लगत्तै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल

हामीसँग एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यो पनि एउटै ‘रन वे’ भएको । डोमेस्टिक र अन्तर्राष्ट्रिय दुवै उडानका लागि सोही ‘रन वे’ प्रयोग गर्नुपर्छ । यसको विकल्प पहिल्यै सोच्नुपथ्र्यो । तर, हामीले ढिला गर्‍यौँ । परिणाम हामी भोग्दै छौँ । रन वेमै हुने दुर्घटनादेखि घन्टौँसम्म हुने एयर ट्राफिक जाम यसैका परिणाम हुन् । अब प्रभावकारी विकल्प तत्काल खोज्न आवश्यक छ । यसका लागि हामीले पोखरास्थित निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य छिटो सक्न निर्देशन दिएका छौँ । अबको तीन वर्षभित्र त्यो विमानस्थल निर्माण भइसक्नेछ । त्यस्तै, भैरहवास्थित निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि छिटो सक्न निर्देशन दिएका छौँ । अबको डेढ वर्षभित्र निर्माण भइसक्नेछ । त्यसबाहेक बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण चाँडो सुरु गर्ने हाम्रो योजना छ ।

२. त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान मात्र, आन्तरिकका लागि नयाँ विकल्प
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब अन्तर्राष्ट्रिय उडान मात्रै गरिनुपर्छ । डोमेस्टिकतर्फको उडानका लागि विकल्प खोजिनुपर्छ । यसका लागि हामीले काभ्रेको धुलिखेल रोजेका छौँ । यस विषयमा छलफल अघि बढिसकेको छ । अबको सात दिनभित्र यसको टुंगो लाग्नेछ । त्यसो हुन सके त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको चाप स्वतः घट्नेछ ।

३. प्रदेशस्तरीय स्टेसन केन्द्र,  पूर्व र पश्चिमका उडान उतैबाट
मुलुकभर उडान भर्ने डोमेस्टिकतर्पmको केन्द्र पनि काठमाडौंमै छ । अब डोमेस्टिकतर्फका जहाज प्रदेशस्तरीय स्टेसन केन्द्रबाट पनि उड्ने व्यवस्था हुनेछ । जस्तो, पूर्वतर्फ उडान भर्ने जहाजका लागि विराटनगरमा स्टेसन केन्द्र राखिनेछ । पूर्वी नेपाल र आसपासका क्षेत्रमा उडान भर्ने जहाज त्यहीँबाट सञ्चालन हुनेछन् । पश्चिमतर्फ उडान भर्ने जहाजका लागि पोखरामा स्टेसन केन्द्र राखिनेछ । पश्चिम नेपाल र आसपासका क्षेत्रमा उडान भर्ने जहाज त्यहीँबाट सञ्चालन हुनेछन् । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अहिलेको चापलाई तत्काल नियन्त्रण गर्नेछ । यो काम सुरु भइसकेको छ । यो अन्तिम विकल्प होइन, तर तत्कालका लागि यसले पनि फरक ल्याउनेछ । केही दिनभित्रै जनताले यसको अनुभूति गर्न सक्नेछन् ।

 आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट हत्यारा पत्ता लाग्यो
फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट हत्यारा पत्ता लाग्यो
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
१० दिनपछि बेनी–जोमसोम सडक खुल्यो
१० दिनपछि बेनी–जोमसोम सडक खुल्यो
‘म छिट्टै काममा फर्किन्छु’ : प्रधानमन्त्री
‘म छिट्टै काममा फर्किन्छु’ : प्रधानमन्त्री
सुर्खेत २ मा एमालेका नवराज रावत विजयी
सुर्खेत २ मा एमालेका नवराज रावत विजयी
प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने
प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?