विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २२, २०७९
|
|
४९ पटक हेरिएको
Shares
विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र

सारांश

  • काठमाडौं।
  • बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु (बम) राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडान प्रभावित बने ।
  • बिहान करिब १० बजे त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि केही समय विमानस्थलमा अकस्मात् त्रास उत्पन्न भएको थियो ।

काठमाडौं। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु (बम) राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडान प्रभावित बने ।
बिहान करिब १० बजे त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि केही समय विमानस्थलमा अकस्मात् त्रास उत्पन्न भएको थियो । पाकिस्तानी अज्ञात नम्बरबाट यस्तो थ्रेट कल आएपछि विमानस्थल व्यवस्थापनले आन्तरिक उडान रोकेको थियो ।
सो हल्ला चलेपछि विमानस्थलको यात्रु प्रतीक्षालय तथा टर्मिनलमा रहेका यात्रुबीच भागदौड नै चलेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी गराएअनुसार त्यतिबेला अज्ञात व्यक्तिले कल गर्दा ‘अस्सलाम वालेकुम’ दुईपटक भनेर नेपालीमै बोलेको थियो ।
सो समय आन्तरिक टर्मिनलतर्फ बम राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि विमान चढ्ने तयारीमा रहेका यात्रुहरूलाई समेत बाहिर निकालेर ‘सर्च’ गरिएको थियो । केही समय थ्रेट कलमा भनिएजस्तो शंकास्पद वस्तु फेला नपरेपछि सवा ११ बजेदेखि विमानस्थल पुनः सञ्चालनमा ल्याइएको थियो ।
विमानस्थल कार्यालयका अनुसार सो विमानस्थलमा बिहान ९ देखि १० बजेको बीचमा दुईपटक यस्तो कल आएको थियो । सो कलमा अज्ञात पुरुष व्यक्तिको आवाज सुनिएको थियो । थ्रेट कलबाट अज्ञात व्यक्तिले विमानस्थलमा ६÷७ वटा बम राखिएको र २ घन्टामा पड्कने बताएको थियो । सो कल आएलगत्तै अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले सबै यात्रुहरूलाई बाहिर निकालेको थियो ।
सो थ्रेट कलको जानकारी पाएलगत्तै विमानस्थलमा बम डिस्पोल टोली खटाएर अनुसन्धान गरिएको थियो । विमानस्थलका सुरक्षाकर्मीलगायत बम डिस्पोजल टोलीले पुरै विमानस्थल सर्च गर्दा बम फेला नपरेकाले अहिले यस्तो थ्रेट कल’अनुसन्धान भइरहेको छ ।[image: Tribhuvan_International_AirportTIA16097535781644157947_1200.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !
नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !
इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित
प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित
कर्मचारीले ठेकेदारको खर्चमा विदेश भ्रमण गर्न नपाउने!
कर्मचारीले ठेकेदारको खर्चमा विदेश भ्रमण गर्न नपाउने!
लिलीबिली’ लफडा: गोेविन्द शाहीको नाममा चलचित्र निर्माता सङ्घ र चलचित्र सङ्घमा उजुरी !
अनियमितता ठहर गर्दै पदाधिकारी बर्खास्त गर्न जाँचबुझ आयोगको सिफारिस
अनियमितता ठहर गर्दै पदाधिकारी बर्खास्त गर्न जाँचबुझ आयोगको सिफारिस
सेनाको भूमिका स्वर्णीम पानामा लेखिन्छ : प्रधानमन्त्री ओली
सेनाको भूमिका स्वर्णीम पानामा लेखिन्छ : प्रधानमन्त्री ओली
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या
रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या
फिनल्याण्ड सरकार द्वारा अनुदान
फिनल्याण्ड सरकार द्वारा अनुदान

तपाईंले छुटाउनुभयो कि?