मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २६, २०७९
|
|
५३ पटक हेरिएको
Shares
मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

सारांश

  • दमौली ।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् ।
  • मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रत गतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको बताए ।

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रत गतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको बताए ।

गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको गति अतिसुस्त रहेकाले त्यतातर्फ सरकारको तर्फबाट गर्नुपर्ने सबै काममा सहयोग हुने मन्त्री ज्वालाले बताए ।

“दुई खण्डमध्ये पश्चिमखण्ड (पोखरा–जामुने)को काम पछाडि परेको अनुगमनपश्चात् जानकारीमा आयो, केही ठाउँमा सामान्य काम बाहेक अन्य काम अगाडि बढ्न सकेको रहेनछ,” ज्वालाले भने, “सरकारका तर्फबाट अलिकति प्रयत्न गर्दा काम समयमै सकिनेतर्फ हामी गम्भीर छौँ ।”

राजमार्ग विस्तारका क्रममा के–के समस्या छन्, त्यस्ता समस्या समाधानका लागि सरकारले सहयोग गर्ने मन्त्री ज्वालाले बताए । उनले भने,“स्थलगत निरीक्षणपश्चात् जहाँ समस्या छ त्यहाँको समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहन्छ । छलफल गरेर समस्या पहिचान गरी समाधान गर्छौ ।”

सडकको काम समयमै सम्पन्न गर्नका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गरिने बताउँदै मन्त्री ज्वालाले निर्माण कम्पनीलाई सहयोग र निर्देशन दुवै रहने बताए । “निर्माण कम्पनीलाई के सहयोग गर्नुपर्छ, सबै गर्छौँ तर काममा ढिलासुस्ती भए खबरदारी पनिसँगै गर्छौ,” ज्वालाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी
इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी
संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
राष्ट्रियसभामा पानीदेखि विद्युतीय सवारी साधनसम्मका कुरा
राष्ट्रियसभामा पानीदेखि विद्युतीय सवारी साधनसम्मका कुरा
फोहरमा पनि सुन फल्छ !
फोहरमा पनि सुन फल्छ !
प्रधानमन्त्री ओलीको पुरस्कार सरकारी कोषमा, थपियो रकम
प्रधानमन्त्री ओलीको पुरस्कार सरकारी कोषमा, थपियो रकम
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
राप्रपा र राप्रपा (प्रजातान्त्रिक)लाई ४-४ स्थान मात्रै, कुन कुन क्षेत्र पाए?
राप्रपा र राप्रपा (प्रजातान्त्रिक)लाई ४-४ स्थान मात्रै, कुन कुन क्षेत्र पाए?
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागिः प्रधानमन्त्री ओली (अन्तर्वार्ता )
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागिः प्रधानमन्त्री ओली (अन्तर्वार्ता )

तपाईंले छुटाउनुभयो कि?