विवाह गर्दा वडाको सिफारिस अनिवार्य

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २६, २०८०
|
|
४५ पटक हेरिएको
Shares
विवाह गर्दा वडाको सिफारिस अनिवार्य

सारांश

  • जुम्ला ।
  • यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् ।
  • जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ ।

जुम्ला । यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् ।

जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ ।

गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।

पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ । पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ । बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ ।

वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ ।

देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । पालिकाका सबै वडालाई बाल विवाहमुक्त गर्न लागिपरेका छौँ ।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

विवाह गर्दा अनिवार्य वडाको सिफारिस गरेसँगै वडाबाट सिफारिस लिनेको सङ्ख्या बढेको तिला–१ को वडा कार्यालयले जनाएको छ ।

पालिकाको वडा नं ६ निवासी विकास रोकायाले विवाहका लागि वडाबाट सिफारिस लिएर विवाह गरेको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए ।

यहाँको पातारासी गाउँपालिकाले पनि विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताए । सिञ्जा गाउँपालिकाले पनि विवाह गर्दा अनिवार्य वडाको सिफारिस लागू गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Sunny Leone’s husband Daniel Weber post an adorable picture with newborn twins!
Sunny Leone’s husband Daniel Weber post an adorable picture with newborn twins!
धर्म वोल्ने कुरा होइन ,मनमा राख्ने हो :पूर्व राजा ज्ञानेन्द्र
धर्म वोल्ने कुरा होइन ,मनमा राख्ने हो :पूर्व राजा ज्ञानेन्द्र
विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै
विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
कोरोना संक्रमण रोक्नेबारे जी ७ का नेताहरुले छलफल गर्ने : आबे
कोरोना संक्रमण रोक्नेबारे जी ७ का नेताहरुले छलफल गर्ने : आबे
याेग किन गर्ने ? के हाे याेग ?
याेग किन गर्ने ? के हाे याेग ?
निर्मला पन्त बलात्कार प्रकरण: निलम्बित एसपी  बिष्टले बुझाए लिखित जवाफ
निर्मला पन्त बलात्कार प्रकरण: निलम्बित एसपी बिष्टले बुझाए लिखित जवाफ
प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेले गरे चुनावी कार्यक्रम स्थगित, वाम गठबन्धनको प्रचार पनि रोकियो
प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेले गरे चुनावी कार्यक्रम स्थगित, वाम गठबन्धनको प्रचार पनि रोकियो
१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो
१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो
यसपटक कर्मचारीको तलब नबढ्ने संकेत
यसपटक कर्मचारीको तलब नबढ्ने संकेत

तपाईंले छुटाउनुभयो कि?