कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ १७, २०७४
|
|
३६ पटक हेरिएको
Shares
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?

सारांश

  • काठमाडौ / एमाले विरुद्ध देशव्यापी नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको दुबै चरणको निर्वाचनमा तालमेल भयो।
  • एमालेका अगाडि सातो उडेर नै तालमेल भएको हो भन्दा अन्यथा हुदैन।
  • नीति सिद्धान्त र विचार नमिल्दा पनि चुनाव जित्नका लागि तालमेल भएको देख्दा नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रेमलाई अचम्म  मान्नुपर्छ     ।

काठमाडौ / एमाले विरुद्ध देशव्यापी नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको दुबै चरणको निर्वाचनमा तालमेल भयो। एमालेका अगाडि सातो उडेर नै तालमेल भएको हो भन्दा अन्यथा हुदैन। नीति सिद्धान्त र विचार नमिल्दा पनि चुनाव जित्नका लागि तालमेल भएको देख्दा नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रेमलाई अचम्म  मान्नुपर्छ     । माओवादीले जनयुद्ध शुरु गर्दा सबै भन्दा पहिला नेपाली कांग्रेसका कार्यकर्ता आक्रमणको शिकार बनेका थिए।

अहिले पनि माओवादी आक्रमणका कारण अपाङ्ग घाईतेहरु छन। तिनिहरुले खुशीले माओवादीलाई मतदान गरे होलान् त अनेक प्रश्न उठछ। माओवादी र नेपाली कांग्रेसले कसको आज्ञा पालना गर्दै तालेमेल गरेका हुन दुनियाँंले बुझेको कुरा हो। एमाले रहित नेपाल बनाउने अभियान शुरु गर्ने को हुन, त्यो कताबाट आयो यो कुरा पनि धेरैले थाहा पाएका छन्। सदभावना अध्यक्ष राजेन्द्र महतोले सबै भन्दा पहिला एमालेलाई तराईबाट ब्याण्ड बाजा बजाएर जनताले खद्ने घोषणा गरे।

त्यसको लगतै माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेर एमाले रहित नेपालका परिकल्पनाकार हुन कांग्रेस नेता विमलेन्द्र निधि। एमाले सग सरकारमा रहदा एमाओवादी नेता प्रचण्डलाई सरकारबाट हट्न कसले उचालेको थियो त्यो पनि दुनियाँंलाई थाहा छ। त्यसैले अहिलेको चुनावी तालमेलको जरो कता हो भनेर । यो तालमेल अहिलेको चुनावसग मात्र जोडेर हेर्न मिल्दैन। यसलाई संघीय नेपालको नयाँं संविधान जारी गर्दा र त्यसपछिको नाकावन्दीसग जोडेर हेर्नु तथ्यपरक हुन्छ। नेपालको संविधान जारी हुदा को को बेखुशी भए दुनियाँंले बुझेको छ। सबै भन्दा पहिले तिनिहरुले संविधान जारी हुन नदिने प्रयास गरे। तर त्यसका बाबजुद पनि जारी भयो।

संविधान जारी हुदाँं त्यसलाई कार्यन्वयन हुन नदिन नेपाली नागरिक्ता हातमा भएका तर मन अन्तै भएकाको जमात प्रयोग भयो। त्यहि तत्वले गएृको मंसिरमा हुने चुनाव सार्दै बैशाख हुदै असार र असोज सम्म पुर्यायो। समयमा स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता जनाएको त्यो तत्वलाई सबै भन्दा बाधा थियो एमाले अध्यक्ष नेतृत्वको केपी ओली नेतृत्वको सरकार । त्यसले नाकावन्दीका बेला लिएको अडानले उसको जिउ नै सिरिङ्ग गरेको थियो। ओली नेतृत्वको सरकार नढाल्ने हो भने त्यसले पटक पटक घुँंडा टेक्नु पर्ने भयो। त्यसकारण सरकार ढाल्ने काम भएको हो। अव देशबाट ओली नेतृत्वको सरकार त ढाल्न सफल भयो। तर एमाले र जनताको पङ्ति राम्रो तयार भएको थियो। एमाले नेतृत्वको सरकारको अडान र भारतको नाकावन्दीले नेपालमा राष्ट्रिय स्वाभिमानको पक्षमा मान्छेको मनमा भावना जगाएको थियो। स्कुल पढ्ने केटाकेटीले काठमाडौको चक्रपथ भरेर नाकावन्दीको विरोधमा नारा लगाउनु भनेको एमाले नेतृत्वको अडानमा सही थप्नु थियो।

त्यसैले चुनावमा जनताको मतको हकदार एमाले बनेको थियो। चुनाव आउनु भनेको एमालेले पाकेको बाली उठाउनु जस्तै थियो। त्यो पाकेको बाली एमालेलाई एक्ला एक्लै उठाउन दियो भने अरुको त जनता माझ अस्तित्व नै कति रहला भन्ने अनेक आशंका रह्यो। फेरि गल्ति गर्ने पार्टी जनतासग डराउनु पर्छ र डराउँंछ पनि । प्रचण्ड नेतृत्वको सरकार कसरि बनेको थियो, त्यसको जगमा नै देउवा नेतृत्वमा सरकार कसरि बन्यो सबैलाई थाहा छ। त्यसैले यो कुरा जनताले थाहा पाए पछि चुनावमा के हिसाव किताब हुन्छ, भन्ने नेपाली कांग्रेस र माओवादीलाई राम्ररी थाहा थियो।

त्यसैले यो चुनावमा नेपाली कांग्रेस र माओवादीबीच तालमेल भएको भन्न सकिन्छ। फेरि जहाँं पनि बलियोको विरुद्ध दुब्ला मिलेर मोर्चा बनाउने हो। एमाले विरुद्धको तालमेलेका अर्थ पनि यहि थियो। फेरि एमाले विरुद्ध मोर्चा कस्नेहरुको एउटा गजवको कसम् थियो अरु जो सुकैले चुनव जितोस, तर एमाले चाहि हारोस। तर अवस्था त्यस्तो भएन। निर्वाचनमा आफुहरु पराजय भएको रुवाई बालुवटार वा लाजिम्पाटमा हुने छैन। त्यो रुवाई अन्त कतै हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाद्वारा प्रतिवेदन पेश नगर्ने कार्यदलको विघटन !
नेकपाद्वारा प्रतिवेदन पेश नगर्ने कार्यदलको विघटन !
कांग्रेसले हार स्वीकार गरिसक्यो :माधवकुमार नेपाल
कांग्रेसले हार स्वीकार गरिसक्यो :माधवकुमार नेपाल
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
राति सेक्स गर्दा चिन्तित हुनु हुन्छ ? अब यसरी सेक्स गर्नुस्
राति सेक्स गर्दा चिन्तित हुनु हुन्छ ? अब यसरी सेक्स गर्नुस्
दरमा पुलाउ, पनिरको तरकारी, अचार खाँदा काभ्रेमा ४ सय बिरामी
दरमा पुलाउ, पनिरको तरकारी, अचार खाँदा काभ्रेमा ४ सय बिरामी
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
हमलाको विरोधमा बलिउड
हमलाको विरोधमा बलिउड