विनोद र सोमपालले सम्हाले नेपालको इनिङ, चिया ब्रेकसम्म स्कोर सय माथि

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
५२ पटक हेरिएको
Shares
विनोद र सोमपालले सम्हाले नेपालको इनिङ, चिया ब्रेकसम्म स्कोर सय माथि

सारांश

  • काठमाडौं ।
  • मेरिलेबोन क्रिकेट क्लवविरुद्ध फर्ट क्लास खेलमा नेपालको इनिङ विनोद भण्डारी र सोमपाल कामीले सम्हालेका छन् ।
  • ३४ रनको स्कोरमै ५ विकेट गुमाइसकेको नेपालको इनिङ यी दुईले सम्हाल्दै स्कोर सय रन माथि पुर्याएका छन् ।

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लवविरुद्ध फर्ट क्लास खेलमा नेपालको इनिङ विनोद भण्डारी र सोमपाल कामीले सम्हालेका छन् । ३४ रनको स्कोरमै ५ विकेट गुमाइसकेको नेपालको इनिङ यी दुईले सम्हाल्दै स्कोर सय रन माथि पुर्याएका छन् । यद्यपि विनोद भण्डारी भने स्कोर १०० माथि पुर्याएपछि व्यक्तिगत ३६ रनको स्कोरमा आउट भए ।

चिया ब्रेकम्म नेपालको स्कोर ३५ ओभरमा ६ विकेटको क्षतिमा १०५ रन छ । सोमपाल कामी अविजित २४ रनमा खेलिरहेका छन् । अहिले नेपालको मुख्य लक्ष्य फलो अनमा नपर्नु रहेको छ । यदि फलो अनमा परेमा नेपालले हार्ने सम्भावना उच्च हुनेछ । पहिलो श्रेणीको खेल वा टेस्टमा पहिलो इनिङमा ब्याटिङ गर्ने टिमले बनाएको स्कोरभन्दा दोस्रो टिमको स्कोर २०० वा सोभन्दा बढी रनले पछि भएमा पहिलो टिमले दोस्रो टिमलाई फलो अनमा पठाउन पाउँछ । यो खेलमा एमसीसीले पहिलो इनिङमा ३६४ रन बनाएकोले नेपाल फलो अनबाट बच्न कम्तीमा १६५ रनको स्कोर बनाउनुपर्ने हुन्छ ।

दोस्रो दिन एमसीसीलाई अलआउट गरेपछि ब्याटिङ थालेको नेपालले लञ्च ब्रेकअघि १८ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएसँगै धरायसी बनेको नेपाली ब्याटिङ सम्हाल्न आएका अर्का अनुभवी ब्याट्सम्यान शरद भेषावकर पनि ४ रनमा पेभेलियन फर्किए । यस्तै लन्च ब्रेक अघि ८ रन बनाएका राजु रिजालको रुपमा नेपालले तेस्रो विकेट पनि गुमायो । लञ्चपछि दिपेन्द्र सिंह ऐरी १ रनमा र आरिफ शेख १० रनमा आउट भए ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, काँग्रेस र माअाेवादी केन्द्र कति ?
१०५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, काँग्रेस र माअाेवादी केन्द्र कति ?
Exclusive! We know why Aishwarya Rai Bachchan’s Fanney Khan didn’t release with Salman Khan’s Race 3
Exclusive! We know why Aishwarya Rai Bachchan’s Fanney Khan didn’t release with Salman Khan’s Race 3
लुम्बिनीमा ५ हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र यस्तो बन्ने
लुम्बिनीमा ५ हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र यस्तो बन्ने
सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली
सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली
सर्वाेच्चबाट निस्किए लगत्तै प्रकाण्ड फेरि पक्राउ
सर्वाेच्चबाट निस्किए लगत्तै प्रकाण्ड फेरि पक्राउ
कोहलपुर निषेधित क्षेत्र घोषित
कोहलपुर निषेधित क्षेत्र घोषित
बैतडीमा खानेपानी समस्या
बैतडीमा खानेपानी समस्या
छुटे सञ्चारसचिव राउत, सर्वाेच्च आदलतले दियो यस्तो आदेश
छुटे सञ्चारसचिव राउत, सर्वाेच्च आदलतले दियो यस्तो आदेश
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
कर्मचारीको स्वार्थमा हुने अनियमित विदेश भ्रमणमा प्रधानमन्त्री ओलीले गरे यस्तो प्रहार

तपाईंले छुटाउनुभयो कि?