प्रदीप पौडेलको मुद्दा : सर्वोच्चले बोलायो छलफलमा, होला पुन: मतगणना ?
सारांश
- काठमाडौं ।
- तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ५ मतले पछि परेका कारण हालेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले पुष १९ गते सबै विपक्षीलाई बोलाएको छ ।
- सो क्षेत्रमा माओवादी केन्द्रकी आशा कोइरालाले पौडेललाई ५ मतले पराजित गरेकी थिइन् ।
काठमाडौं । तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ५ मतले पछि परेका कारण हालेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले पुष १९ गते सबै विपक्षीलाई बोलाएको छ ।
सो क्षेत्रमा माओवादी केन्द्रकी आशा कोइरालाले पौडेललाई ५ मतले पराजित गरेकी थिइन् ।
सर्वोच्चले बिहीबार पौडेलले दर्ता गरेको रिटमा पहिलो सुनुवाई गर्दै अर्को छलफलमा बोलाएको हो ।
पौडेलको रिटमा कोइरालाको सपथ रोक्न माग गरिएको थियो। तर सर्वोच्चले दुवै पक्षको छलफलपछि मात्र निर्णय गर्न उपयुक्त हुने भन्दै छलफलमा बोलाएको हो ।
प्रतिक्रिया