सत्र हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १०, २०७६
|
|
५९ पटक हेरिएको
Shares
सत्र हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार

सारांश

  • रमेश लम्साल, काठमाडौं।
  • सरकारले अनुमति दिएको खण्डमा निजी क्षेत्रले भारत र बङ्गलादेशलाई करीब १७ हजार मेगावाट बराबरको विद्युत् बिक्री गर्न सकिने जनाएको छ।
  • आन्तरिक रुपमा नै उद्योग स्थापना गरी विद्युत् खपत बढाएको खण्डमा स्वदेशमा नै विद्युत् उपलब्ध गराउन सकिने र त्यसो नभएको खण्डमा भने विदेशमा बिक्री गर्न सकिने निजी क्षेत्रको भनाइ छ।

रमेश लम्साल, काठमाडौं। सरकारले अनुमति दिएको खण्डमा निजी क्षेत्रले भारत र बङ्गलादेशलाई करीब १७ हजार मेगावाट बराबरको विद्युत् बिक्री गर्न सकिने जनाएको छ। आन्तरिक रुपमा नै उद्योग स्थापना गरी विद्युत् खपत बढाएको खण्डमा स्वदेशमा नै विद्युत् उपलब्ध गराउन सकिने र त्यसो नभएको खण्डमा भने विदेशमा बिक्री गर्न सकिने निजी क्षेत्रको भनाइ छ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इपान० का अनुसार विद्युत् खरीद सम्झौता नभएका तर निर्माणमा जाने तयारीमा रहेका आयोजनाको क्षमता पाँच हजार ५५७ मेगावाट रहेको छ। यस्तै निजी क्षेत्रले अनुमति लिई अध्ययनमा रहेका आयोजनाको क्षमता ११ हजार २८९ मेगावाट रहेको छ।सरकारी कम्पनी तथा निजी क्षेत्रले हाल निर्माण गरिरहेका करीब पाँच हजार मेगावाट क्षमताका आयोजना पूर्णरुपमा सञ्चालनमा आउँदा तत्कालका नेपालको माग सम्बोधन गर्न सकिने भएकाले त्यसबाहेकका अन्य आयोजनाको विद्युत् बिक्रीका लागि उनीहरुले आग्रह गरेका हुन्।

आगामी आर्थिक वर्षभित्र कूल एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुनेछ। हालसम्म एक हजार १७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध छ। आगामी आवमा एक हजार मेगावाट विद्युत् थप हुँदा आन्तरिक रुपमा नै दुई हजार १७० मेगावाट बराबरको विद्युत् उपलब्ध हुन्छ। सरकारले तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य निर्धारण गरेको छ।यस्तै दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको छ । विसं २०७५ देखि २०८५ सम्मलाई सरकारले ऊर्जा दशकका रुपमा घोषणा गरेको छ। इपानका अनुसार हाल निजी क्षेत्रले दुई हजार ५८२ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन्। यस्तै दुई हजार ९१० मेगावाट क्षमताका आयोजना विद्युत् खरीद सम्झौता भई निर्माणमा जाने तयारीमा छन्।

हाल नेपालको कूल विद्युत् माग एक हजार ३०० मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रत्येक वर्ष विद्युत् माग १० प्रतिशतले वृद्धि हुँदै गएको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले आन्तरिक रुपमा नै विद्युत् खपत नहुने अवस्थामा निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बजार खोज्ने लक्ष्यका साथ आफूहरुले पहल गरेको बताए।इपानको प्रतिनिधिमण्डलले यही असार ३ देखि ५ गतेसम्म क्षेत्रीय ऊर्जा व्यापारको सम्भाव्यता तथा कार्यान्वयनबारे छलफल गर्न भारतको भ्रमण गरेको थियो। सोही भ्रमणका क्रममा भारतीय अधिकारीले नेपालको सरकारसँगै निजी क्षेत्रसँग समेत मिलेर जलविद्युत् क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेको जानकारी दिँदै अध्यक्ष गुरागाईँले सरकारले अनुमति दिएको खण्डमा आफूहरु पनि विद्युत् व्यापारका लागि तयार रहेको जनाएको बताए।

नेपालमा जलविद्युत्को कूल ८३ मेगावाट क्षमता भएपनि सम्भाव्य रुपमा ४३ हजार मेगावाट निर्माणमा लागि उपयुक्त देखिएको छ। विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको परिवर्तनका आधारमा क्षमतामा अझै वृद्धि हुन सक्ने देखिएको छ।भारतीय पक्षले नेपालको निजी प्रवद्र्धकले अध्ययन तथा विकास गरिरहेका आयोजनाका सम्बन्धमा चासो व्यक्त गरेको जानकारी दिँदै उनले नेपालको जलविद्युत् भारतको बजारका सामु एउटा नयाँ सम्भावनाका रुपमा प्रस्तुत भएको छ। भारतीय पक्षले नेपालको जलविद्युत् भारतीय ऊर्जा बजारका लागि खुला रहेको आफूहरुसँगको भेटमा जानकारी गराएको इपानका उपाध्यक्ष कुमार पाण्डेले बताए।

नेपालका धमाधम आयोजना निर्माण भइरहेको सन्दर्भमा प्रसारण लाइन सहज रुपमा निर्माण भएको खण्डमा विद्युत् व्यापारका लागि भाँैतारिनु नपर्ने अवस्था आएको पाण्डेको भनाइ छ। भारतीय ग्रिडमा उत्पादन मिश्रणमा जलविद्युत्ले जम्मा १४ प्रतिशत मात्रै हिस्सा रहेको छ। त्यो हिस्सालाई बढाएर २५ प्रतिशतसम्म पु¥याउने लक्ष्य राखेको छ । नवीकरणीय तथा अन्य ऊर्जाको मात्रा २२ प्रतिशत रहेको छ। भारतीय ग्रिडलाई समेत सन्तुलनमा ल्याउन नेपालको जलविद्युत् उपयुक्त हुने आफूहरुलाई बताएको ऊर्जा उद्यमी आशिष गर्गको भनाइ छ।त्यस्तै विद्युत् व्यापार गर्ने लक्ष्यका साथ निजी क्षेत्रले हालै मात्र नेपाल पावर एक्सचेञ्ज लिमिटेड स्थापना गरेको छ । सो कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कूल ५२९ मेगावाट बराबरको विद्युत् बिक्रीका लागि अनुमति दिन माग गर्दै आवेदन दिएको छ। कम्पनीले भारत, बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ को दफा २२ को २ अनुसार स्वीकृति प्रदान गरिदिनु हुन आग्रह गरिएको सोही कम्पनीका प्रबन्ध सञ्चालकसमेत रहेका गर्गले जानकारी दिए।

इपानले नेपाल र भारतबीचको संयुक्त संयन्त्रको आगामी बैठकमा नेपालको निजी क्षेत्रबाट उतपादित विद्युत् भारत र बङ्गलादेश निर्यात गर्ने सम्बन्धी प्रस्ताव अगाडि बढाइए भारतको प्रसारण प्रणाली प्रयोग गनएका लागि सम्बन्धित पक्षसँग वाताए अगाडि बढाउन माग गरेको छ। त्यसो त हालै सम्पन्न नेपाल र बङ्गलादेशका ऊर्जा सचिवको बैठकमा समेत दुई देशबीच विद्युत् व्यापारका लागि पूर्वाधार बनाउने सहमति भएको छ। उक्त सहमतिमा डेडिकेडेट प्रसारण लाइन निर्माण गर्ने र भारतको प्रसारण प्रणाली प्रयोग गर्न सकिने उल्लेख छ।इपानले क्षेत्रीय विद्युत् व्यापारका लागि रहेको कानूनी तथा प्राविधिक जटिलता हटाउनसमेत आग्रह गरेको छ। सरकारले राष्ट्रिय समृद्धिको वाहकका रुपमा जलविद्युत्लाई स्वीकार गरेको सन्दर्भमा आन्तरिक माग पूरा भएपछि नेपालको विद्युत्को बजार क्षेत्रीय विद्युत् बजार नै भएकाले आवश्यक सहजीकरण गरिदिन इपानको आग्रह गरेको हो। रासस

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोनिया गान्धी बनिन् काँग्रेस अध्यक्ष
सोनिया गान्धी बनिन् काँग्रेस अध्यक्ष
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
ल्याण्डफिल साइट जोड्ने बाटोमा लेदो पहिरो: काठमाडौँ महानगरद्वारा घरमै फोहर सुरक्षित राख्न आग्रह
ल्याण्डफिल साइट जोड्ने बाटोमा लेदो पहिरो: काठमाडौँ महानगरद्वारा घरमै फोहर सुरक्षित राख्न आग्रह
नेकपा दाङको जिल्ला सदस्यकाे मोटरसाइकल दुर्घटनामा मृत्यू
नेकपा दाङको जिल्ला सदस्यकाे मोटरसाइकल दुर्घटनामा मृत्यू
रविले ‘अन्याय’ गरेका एसएसपीले अहिले पाउलान् न्याय ?
रविले ‘अन्याय’ गरेका एसएसपीले अहिले पाउलान् न्याय ?
आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी चल्ने
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
एमाले तराई,मधेश विरोधि पार्टी होइन – अध्यक्ष ओली
एमाले तराई,मधेश विरोधि पार्टी होइन – अध्यक्ष ओली
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या

तपाईंले छुटाउनुभयो कि?