दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २२, २०७६
|
|
५८ पटक हेरिएको
Shares
दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने

सारांश

  • काठमाडौँ, २२ पुस स दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ ।
  • चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो ।
  • यसअघिका चार अवार्ड कार्यक्रम विदेशमा आयोजना गरिएको थियो ।

काठमाडौँ, २२ पुस स दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो । यसअघिका चार अवार्ड कार्यक्रम विदेशमा आयोजना गरिएको थियो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिले नेफ्टा अवार्डको घोषणा गरेको हो । दुई वर्षदेखि सो कार्यक्रम आयोजना गर्न सकिएको थिएन । नेफ्टाका अध्यक्ष पुष्कर लामाका अनुसार यसअघि नेफ्टाको छैटौँ संस्करण मलेसिय, सातौँ संस्करण कतार, आठौँ संस्करण हङकङ तथा नवौँ संस्करण युनाइटेड अरब इमिरेटस् (युएई)मा आयोजना गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखि कार्यक्रम नेपालमै गर्न लागेको उनले बताए । नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, वर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कूल ३७ विधा समावेश गरिनेछ ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले गरेका राम्रा कुरालाई चलचित्रको पर्दामा उतार्न चलचित्रकर्मीलाई आग्रह गरे । अभिनेताद्वय राजेश हमाल र भुवन केसीले नेपाली चलचित्रमा प्राविधिकले गरेको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा पहिलो नेपाली नायिका भुवन चन्द, अभिनेत्री वसुन्धरा भुसाल, गौरी मल्ल, नीता ढुङ्गाना, पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, चलचित्र निर्देशक तुलसी घिमिरे, रमेश उप्रेती, सलोन बस्नेत, कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रवीन्द्र खड्का, आनन्द कार्कीलगायत उपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तुको समग्र चुनावी नतिजा यस्तो रह्यो
कपिलवस्तुको समग्र चुनावी नतिजा यस्तो रह्यो
काकाकुल बनेको गाउँमा यसरी छचल्कियो धारामा खानेपानी
काकाकुल बनेको गाउँमा यसरी छचल्कियो धारामा खानेपानी
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह: ७९ अङ्कको वृद्धिसँगै परिसूचक २६७७ को बिन्दुमा, बजार पुँजीकरण बलियो
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह: ७९ अङ्कको वृद्धिसँगै परिसूचक २६७७ को बिन्दुमा, बजार पुँजीकरण बलियो
बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो
बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो
खेलाडीहरूका साथ बालबालिकाहरु मैदान प्रवेश किन गर्छन ?
खेलाडीहरूका साथ बालबालिकाहरु मैदान प्रवेश किन गर्छन ?
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
अछाम कारागारमा एक कैदी मृत अवस्थामा
अछाम कारागारमा एक कैदी मृत अवस्थामा
सांसद कृष्णा केसीलाई कोरोना पुष्टि
सांसद कृष्णा केसीलाई कोरोना पुष्टि
कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् – चन्द्र भण्डारी
कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् – चन्द्र भण्डारी

तपाईंले छुटाउनुभयो कि?