किन अाउँदैछन ४० देशका वामपन्थी युवाहरु काठमाडौंमा ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ६, २०७५
|
|
६८ पटक हेरिएको
Shares
किन अाउँदैछन ४० देशका वामपन्थी युवाहरु काठमाडौंमा ?

सारांश

  • काठमाडौं,  ६ जेठ ।
  • विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघ २२ गते हुन गइरहेको (डब्लुएफडीवाई) को कार्यक्रममा विश्वका ४० देशका वामपन्थी युवाहरुको नेपालमा भेला हुँनेभएकाे छ ।
  • भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा उद्घाटन गर्ने अायाेजकले बताएकाे छ ।

काठमाडौं,  ६ जेठ । विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघ २२ गते हुन गइरहेको (डब्लुएफडीवाई) को कार्यक्रममा विश्वका ४० देशका वामपन्थी युवाहरुको नेपालमा भेला हुँनेभएकाे छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा उद्घाटन गर्ने अायाेजकले बताएकाे छ ।

कार्यक्रमको लागि विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघका अध्यक्ष निकोलस पापाडिमित्र्यु, उपाध्यक्षलगायत संगठनको मुख्यालय टोली आइतबार (आज) काठमाडौं आइसकेका छन् ।

विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संघमा आबद्ध ४० देशका कम्युनिष्ट अगुवाहरु नेपालको कम्युनिष्टहरुको संघर्ष, आन्दोलन, एकता र जनसम्बन्धका विषयमा जानकारी लिन काठमाडौं आएका हुन् । विश्व प्रजातान्त्रिक युवा संघमा अनेरास्ववियु, युवासंघ र स्ववियु सदस्य रहेका छन् ।
उनीहरुलाई स्वागत गर्न तत्कालिन अनेरास्ववीयु अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नविना लामा, अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन, युवा संघका सचिव सन्तोष रावल, युवा संघका केन्द्रीय सदस्य सुन्दर भुषाललगायत विमानस्थल पुगेका थिए ।

कार्यक्रममा विश्वका ४० देशका वामपन्थी युवाहरुको सहभागिता रहने अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले जानकारी दिए । कार्यक्रमबारे विस्तृत जानकारी दिन भोलि (सोमबार) पत्रकार सम्मेलन गरिने पुनले बताए ।

विश्व कम्युनिष्ट आन्दोलन अहिले विश्व राजनीतिको महत्वपूर्ण शक्ति बन्न पुगेको छ । दार्शनिकहरूले केवल संसारको विभिन्न प्रकारले व्याख्या गरेका छन्, तर मुख्य कुरा त्यसलाई बदल्नु हो ।
कम्युनिष्ट आन्दोलनमा लागेका कतिपय व्यक्तिहरु मुलतः सिद्दान्तको पक्षमा भन्दा पनि नेतृत्व र शक्तिका पछाडी लाग्ने वा नेतृत्वको दलाली गर्ने र आफू अगाडि जाने प्रवृतिहरु देखा पर्ने गरेका कारण कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि लैजाने भन्नेबारे चर्चा हुने नविना लामाले जानकारी दिइन् । यो भन्दा अगाडी रसियामा भ्लादमिर पुटिनले युवा कम्युनिष्टको उद्घाट्न गरेको र विश्वको युवा एक भएको थियो ।

यस्तो छ संगठनको उद्देश्य ?
विश्व प्रजातान्त्रिक युवा तथा विद्यार्थी संगठन ‘डब्लूएफडीवाई’ एक अन्तर्राष्ट्रिय युवा संगठन हो । जसलाई संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय युवा गैरसरकारी संगठनको रुपमा मान्यता दिएको छ ।
यसले ऐतिहासिक रुपमा साम्राज्यवादको विरोध र आफूलाई वामपन्थीको रुपमा चित्रित गर्दै आएको छ । यसको स्थापना सन् १९४५ मा लण्डनमा भएको थियो ।

यस संगठनले स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय युवा आन्दोलनको रुपमा काम गर्दै आएको छ । यो संगठनको उद्देश्य दोस्रो विश्वयुद्धको अन्त्यको लागि सहयोगी राष्ट्रका युवाहरुलाई एकजुट गराउनु, परमाणु युद्वको विरोध गर्नु, पूँजिवादी र समाजवादी राष्ट्रका युवाबीच भातृत्वको भावना पैदा गर्नु र शान्तीको आह्वान गर्न रहेको छ ।

(chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
माडीमा जङ्गली हात्तीको आतङ्क
माडीमा जङ्गली हात्तीको आतङ्क
अझै हटेन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता
अझै हटेन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता
यसरी छानिने छन् नयाँ राष्ट्रपति र उपराष्ट्रपति
यसरी छानिने छन् नयाँ राष्ट्रपति र उपराष्ट्रपति
‘नाच पुतली’ भन्दै  रविन्द्रले यसरी नचाए अञ्जलीलार्इ
‘नाच पुतली’ भन्दै रविन्द्रले यसरी नचाए अञ्जलीलार्इ
चितवनमा वर्डफ्लु , २५ सय कुखुरा मरे
चितवनमा वर्डफ्लु , २५ सय कुखुरा मरे
असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
राँगाको सिङबाट बाजा-एक महिने ‘गुँला पर्व’ शुरु
राँगाको सिङबाट बाजा-एक महिने ‘गुँला पर्व’ शुरु
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको  रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत

तपाईंले छुटाउनुभयो कि?