विश्व पर्वत दिवस आज

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३० पटक हेरिएको
Shares
विश्व पर्वत दिवस आज

सारांश

  • काठमाडौं, २५ मंसिर ।
  • विश्व पर्वत दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा दिगो पर्वतीय विकासको महत्वमा जोड दिएपछि हरेक वर्ष डिसेम्वर ११ मा विश्व पर्वत दिवस मनाउने गरिएको हो ।

काठमाडौं, २५ मंसिर । विश्व पर्वत दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा दिगो पर्वतीय विकासको महत्वमा जोड दिएपछि हरेक वर्ष डिसेम्वर ११ मा विश्व पर्वत दिवस मनाउने गरिएको हो ।

दिवसका अवसरमा जलवायु परिवर्तन र जनसंख्या बृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्युनीकरणमा जोड दिने गरिएको छ । पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरुको आयोजनामा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् । नेपाल पर्वतारोहण संघले गण्डकी प्रदेशको राजधानी पोखरामा ५ औं अन्तराष्ट्रिय बृहत पर्वतीय मेला आयोजना गरेको छ ।

पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतै–पर्वतयुक्त छ । ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसंख्याको १३ प्रतिशत अर्थात् ९१ करोड ५० लाख मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका छन् । विश्वको कुल जनसंख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन् ।

यता, नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ । जसको कुल १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ । विश्वमका मुख्य हिमालहरू मभ्ये घेरै जसो नेपालमा नै बढी भएकाले विश्व समुदायले चासो व्यक्त गर्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?