विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख १५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

सारांश

  • काठमाडौं, १५ वैशाख।
  • विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
  • सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो ।

काठमाडौं, १५ वैशाख। विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो ।

नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा १५० बढी देशका शिक्षकहरु दुईसय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने तय भएको जनाएको हो । महासंघकी अध्यक्ष मफुजा खानामले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्ने स्पष्ट पार्दै सम्मेलन सफल हुनेमा आफु विश्वस्त रहेको बताइन् ।

अध्यक्ष खानामले सम्मेलन समाजवादी शिक्षाको विकास, सार्वजनिक शिक्षाको गुणस्तर सुधार र समावेशी शिक्षाका पक्षमा महत्वपूर्ण रहने समेत जानकारी दिइन् । पत्रकार सम्मेलनमा महासंघका महासचिव अमिया कुमार मोहन्तीले विश्वभरका शिक्षकहरु नेपालमा आएर शैक्षिक बहस गर्नु नेपालका लागि अवसर भएको बताए । भर्खरै संघीयता प्रणालीमा शैक्षिक व्यवस्थापन शुरु गरेको नेपाललाई अन्य देशका राम्रा अभ्यासहरु सिक्ने र समाजवादी शिक्षा विकास गर्ने मौका मिल्ने समेत उनको भनाई थियो ।

नेपालको तर्फबाट महासंघमा आवद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारले विश्वमा नवउदार वादीहरुले शिक्षा, शिक्षक र ट्रेड युनियनमा हमला गर्दै निजीकरण स्थापित गर्न खोजिरहेको अवस्थामा विश्व शिक्षक महासंघले त्यस हमलाको संयुक्त रुपमा प्रतिरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

सरकारले शिक्षकहरुसँग विभिन्न सहमति गर्ने तर सहमतिको मसी सुक्न नपाउँदै त्यसलाई तोड्ने गरेको तितो यथार्थ बीच महासंघको अन्तर्रा्ष्ट्रिय सम्मेलनले शिक्षामा भइरहेको पुजीवादी हमलाहरुको न्युनिकरणका सम्बन्धमा विशेष निर्णय गर्ने अधिकारीले स्पष्ट पारे ।

सम्मेलनमा सार्वजनिक विद्यालय सुधार, विश्वभरका शिक्षकहरु बीच एकता र भाइचारा सम्बन्ध निर्माण, समावेशी शिक्षा, शिक्षकहरुको अधिकार र कर्तव्यको बोध गराउनका साथै, विभिन्न देशका शैक्षिक सीप र ज्ञान बाड्ने काम हुने महासंघका सचिव डा. एमडी जहानगीरले जानकारी दिए ।
विश्व शिक्षक महासंघको १८ अन्तर्राष्ट्रिय सम्मेलन बंगलादेशमा भएको थियो ।

१९ औं सम्मेलनले चारवर्षका लागि नयाँ नेतृत्वसँगै आगामी कार्यायोजना तय गर्ने महासंघले जनाएको छ ।
महासंघमा रसिया, चीन, क्युवा, भियनताम, भारत, श्रीलंका, बंगलादेश, नेपाल, उत्तर कोरिया, भेनेजोयला, पेरु, रोमानिया, इटाली, फ्रान्स लगायतका १५० बढी देशका १ करोड बढी शिक्षकहरु आवद्ध रहेका जनाइएको छ ।महासंघमा नेपालका एकीकृत अखिल नेपाल शिक्षक संगठन, माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल (हिस्टान), अखिन नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघ आवद्ध रहेका छन् ।

महासंघको टोली सम्मेलन तयारीका लागि एकहप्ता नेपाल बसेर आज फर्किएका छन् । यसबीच उनीहरुले बिहीवार शिक्षामन्त्री गिरिराजमणी पोखरेल र शुक्रवार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

महासंघमा विश्वभरका समाजवादी विचारका शिक्षकहरु आवद्ध रहेका छन् । महासंघले समाजवादी शिक्षाको माग गर्दै आएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा
महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
काठमाडौंमा घर भएका वडा सदस्य समेत गरिबको सूचिमा
काठमाडौंमा घर भएका वडा सदस्य समेत गरिबको सूचिमा
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ : डा भट्टराई
चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ : डा भट्टराई
डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी
सुदुरपश्चिमका गौराको दोस्रो दिन ‘नानी गौरा’ मनाइदै
सुदुरपश्चिमका गौराको दोस्रो दिन ‘नानी गौरा’ मनाइदै
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता

तपाईंले छुटाउनुभयो कि?