विषादी प्रयोगमुक्त सप्ताह शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
विषादी प्रयोगमुक्त सप्ताह शुरु

सारांश

  • चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ शुरु भएको छ ।
  • विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबारदेखि यो सप्ताह शुरु भएको हो ।
  • नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो ।

चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ शुरु भएको छ ।

विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबारदेखि यो सप्ताह शुरु भएको हो ।

नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने तय गरिएको छ ।

नेपालमा सन् १९५२ मा मलेरिया रोग नियन्त्रणका लागि भित्र्याइएको विषादी त्यसपछिका वर्षहरुमा कृषि उत्पादनको क्षेत्रमा प्रयोग गर्न थालिएको हो । यसको मात्रा प्रतिवर्ष बढ्दै गएको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुर जनाएको छ । अन्य देशको तुलनामा प्रतिएकाइ जमिनमा विषादीको प्रयोग निकै कम भए पनि ८५ प्रतिशत बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष मात्र नेपालमा ६३२.४१ टन विषादी आयात भएको छ । जसमा कीटनाशक २१६ टन, रोगनाशक २६७ टन, झारनाशक १४२ टन र अन्य पाँच टन रहेको छ । विषादी आयातका लागि करिब रु ८४ करोड गत वर्ष खर्च भएको छ ।
विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने गर्दछ । जसमा तत्काल असरको रुपमा मानिस मुर्छा पर्ने, झाडा पखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा अन्ततः मृत्युसमेत हुने गरेको छ । विषादीकै कारण विश्वमा वार्षिक करिब तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ ।

सो सप्ताहको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री लामाले सबै नागरिकलाई निरोगी बनाउन विषादीमुक्त अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । “एक दिन कार्यक्रम गरेर मात्रै यसलाई न्यूनीकरण गर्न सकिँदैन उहाँले भन्नुभयो, “हरेक दिन यस्ता अभियान सञ्चालन गर्नुपर्छ ।”
यसअघि नारायणगढको लायन्सचोकबाट विभिन्न प्ले कार्डसहितको सचेतना ¥याली निकालिएको थियो । सप्ताह २९ गतेसम्म सञ्चालन हुनेछ । सप्ताहअन्तर्गत सडक नाटक, विद्यालयस्तरीय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर, पोष्टर पम्प्लेट वितरण र रत्ननगर महोत्सवमा अन्तक्र्रिया तथा नाटक प्रस्तुत गरिने प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र ललितपुरका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिनुभयो ।

अत्यन्त घातक विषादीको प्रयोगमा प्रतिबन्ध गर्दै ऐन नियमावलीको कडाइका साथ लागू गर्न र आइपिएम कार्यक्रमलाई बढवा दिन कार्यालयले निरन्तर अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । “पछिल्लो समय विषादीको प्रयोग भयावह छ”, उहाँले भन्नुभयो, “यसको असरबारे सबैमा चेतना फैलाउन जरुरी छ ।”

निमित्त प्रमुख हुमागाईले रसायनिक विषादीको न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातावरण अनुकूल जैविक विषादी उत्पादन एवं प्रयोगका लागि नेपालको सात जिल्लामा सामुदायिक आइपिएम स्रोत केन्द्र स्थापना गरिएको बताउँदै काठमाडौँ बाहिर काभ्रेपछि दोस्रो पटक चितवनमा यो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

सप्ताहव्यापी कार्यक्रममा किसान र उपभोक्ता दुवैलाई बढीभन्दा बढी सहभागी गराइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । कार्यक्रममार्फत बालीनालीलाई जोगाउन प्राङ्गारिक मल र जडीबुटी प्रयोग गरी स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी बोध गर्न सबैलाई आग्रह गरिने उहाँले सप्ताह अवधिभर कृषि प्राविधिक खटिने छन् ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुरको आयोजना र बाली संरक्षण प्रयोगशाला प्रदेश नम्बर ३ हेटौँडा तथा कृषि ज्ञान केन्द्र चितवनको सहकार्यमा कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरिरको मोटोपना कसरी घटाउने ? यस्ता छन् उपायहरु
शरिरको मोटोपना कसरी घटाउने ? यस्ता छन् उपायहरु
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
नब्बे प्रतिशत काम सम्पन्न
नब्बे प्रतिशत काम सम्पन्न
योगी आदित्यनाथलाई भब्य स्वागत गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन
योगी आदित्यनाथलाई भब्य स्वागत गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन
नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
घरमा काम गर्ने सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि नेका बरिष्ठ नेता पौडेल आइसोलेसनमा
घरमा काम गर्ने सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि नेका बरिष्ठ नेता पौडेल आइसोलेसनमा
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
यसकारण पसे कांग्रेसका जिल्ला सभापतिहरू वडा वडामा
यसकारण पसे कांग्रेसका जिल्ला सभापतिहरू वडा वडामा
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल