विस्फोटका घटनामा संलग्न आरोपित पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १४, २०८०
|
|
५२ पटक हेरिएको
Shares
विस्फोटका घटनामा संलग्न आरोपित पक्राउ

सारांश

  • रुपन्देही ।
  • रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

रुपन्देही । रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो ।

प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्त रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

तीन दिनअघि पक्राउ परेका व्यक्तिहरुबाट लु८५प ६२२१ र लु २० प २५७२ नम्बरको पल्सर मोटसाइकल र विभिन्न मोडलका मोबाइल फोनसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विकले जानकारी दिए । उनीहरुले वैशाख १ गते रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडिको पर्खाल नजिकै प्रेसरकुकर बम राखेको प्रहरीले जनाएको छ । उक्त बम नेपाली सेनाको विस्फोटक टोलीबाट डिस्पोज गरिएको थियो ।

असार १ गते बिहान २ः३० बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरवप्रसाद कलवारको शिवम इम्पेक्सको कम्पाउन्डमा पर्खाल बाहिर प्रेसरकुकुर बम विस्फोट गराएको र सोही दिननै बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विस्फोटक पदार्थ (प्रेसरकुकुर बम) विस्फोट गराएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले घर नजिकै बम राख्ने र फिरौती रकम माग्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद, ७ ‘विस्फोटक पदार्थसम्बन्धी कसुर’ शीर्षकमा मुद्दा दर्ता भई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उड्न लागेको जहाज रनवे बाहिर जाँदा विमानस्थलमा उडान ठप्प
उड्न लागेको जहाज रनवे बाहिर जाँदा विमानस्थलमा उडान ठप्प
Varun Dhawan shares the first picture of his newborn niece with family!
Varun Dhawan shares the first picture of his newborn niece with family!
नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु – वाणिज्यमन्त्री
के छन् काठमाडौं मेयर पदका उम्मेदवारका विकास  अजेन्डा !
के छन् काठमाडौं मेयर पदका उम्मेदवारका विकास अजेन्डा !
59 border pillars reconstructed in Dang
59 border pillars reconstructed in Dang
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, अनुसन्धान सुरु
एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, अनुसन्धान सुरु
प्रहरी हिरासतमा रहेका एकजनाको मृत्यु
प्रहरी हिरासतमा रहेका एकजनाको मृत्यु
अर्थमन्त्री डा  खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
अर्थमन्त्री डा खतिवडाले गरे गुनासाे, भने ‘सञ्चारमाध्यमले यसलाई बहसमा ल्याएर सहयोग गर्नुपर्याे
सिटिजन्स बैंकका ग्राहकलाई होटल एम्बासडरमा विशेष छुट
सिटिजन्स बैंकका ग्राहकलाई होटल एम्बासडरमा विशेष छुट

तपाईंले छुटाउनुभयो कि?