वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १८, २०७९
|
|
३७ पटक हेरिएको
Shares
वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

सारांश

  • त्रिशूली ।
  • ‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तरर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ ।
  • सङ्घीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक सडकको परिकल्पना गरिएको भए पनि ती योजना कार्यान्वयन गर्न बजेटको अभाव देखिएको हो ।

त्रिशूली । ‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तरर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ । सङ्घीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक सडकको परिकल्पना गरिएको भए पनि ती योजना कार्यान्वयन गर्न बजेटको अभाव देखिएको हो ।

सडक डिभिजन नुवाकोटले गत वर्ष प्रति योजना रु तीन करोडसम्मको पाँच वटा योजना सञ्चालनमा ल्याएकोमा चालु आर्थिक वर्षमा योजनाको सङ्ख्या बढाएर १८ वटा आएको सडक डिभिजन नुवाकोटका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । उनका अनुसार योजना कार्यान्वयन गर्न बजेट भने प्रतियोजना रु.५० लाखको दरले प्राप्त भएको छ ।

“मूल राजमार्गको आसपास बनाएर वैकल्पिक सहायक राजमार्गको विस्तार गर्नुपर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मार्फत बजेट कार्यान्वयन गर्नुपर्ने हो”, डिभिजन प्रमुख रिमालले भने,“योजनाको सङ्ख्या बढेर आयो, बजेटको आकार घटाइएको छ । लक्ष्य अनुसार सडक निर्माण गर्न खर्च पुग्दैन ।”

गतवर्ष सञ्चालित पाँचमध्ये चारलाई रु तीन करोड र एउटालाई रु दुई करोड बजेट प्राप्त भएको थियो । खर्च अभावले ती योजना पूरा हुन बाँकी छ ।

बाँकी योजनामध्ये यो आवमा चार वटालाई प्रति योजना रु एक करोड प्राप्त भएको छ । ठाटीभञ्याङबाट गोल्फुभञ्याङ जाने सडकलाई बजेट नै नआएको सडक डिभिजन नुवाकोटका इञ्जिनीयर सुमन बस्नेतले जानकारी दिए ।

उनका अनुसार योजना ढिलो गरेर प्राप्त भएकाले निर्माण व्यावसायीलाई कामको जिम्मा दिन अझै बाँकी छ । वैकल्पिक सहायक राजमार्गले नयाँ सडक निर्माण तथा साविकको ‘ट्र्याक’ लाई विस्तार गर्दै हाल सञ्चालनमा रहेका मुख्य राजमार्ग आसपास तथा नदी–खोलाको ठिक पारीतर्फ जहाँ सडकको पहुँच नभएको स्थानमा सडक पु¥याउने लक्ष्य लिइएको छ । नयाँ निर्माण गरिने सहायक राजमार्ग हाल सञ्चालनमा रहेका मुख्य सहायक राजमार्ग सरह सडकको पहुँच दायाँबाट १५ मिटर र कालोपत्र सात मिटर चौडाइको बनाइने उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो वर्षको मिस नेपाल बनिन् नम्रता श्रेष्ठ
यो वर्षको मिस नेपाल बनिन् नम्रता श्रेष्ठ
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी
मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
आयुक्तहरुको गाडी मोह- एक्लैले चढ्छन् चारवटा गाडी
नेपालको रेल आज उद्घाटन हुने, भोलीदेखि नियमित चल्ने
नेपालको रेल आज उद्घाटन हुने, भोलीदेखि नियमित चल्ने
दीपक मनाङेको अपराध यात्रादेखि माननीयसम्म
दीपक मनाङेको अपराध यात्रादेखि माननीयसम्म
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई

तपाईंले छुटाउनुभयो कि?