शंकास्पद डलर ल्याएका भनिएका शाह फरार

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ६, २०७९
|
|
५९ पटक हेरिएको
Shares
शंकास्पद डलर ल्याएका भनिएका शाह फरार

सारांश

  • अमेरिकाबाट शंकास्पद ४० करोड रकम ल्याएको विषयमा अनुशन्धानको दायरामा रहेका पृथ्बीबहादुर शाह फरार भएका छन् ।
  • शाहले ल्याएको रकम अवैद्य भन्दै नेपाल राष्ट्र बैंकले सुरुमा रोक्का गरेको थियो ।
  • तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा उनको रकम फुकुवा गर्न भनिएको थियो ।

अमेरिकाबाट शंकास्पद ४० करोड रकम ल्याएको विषयमा अनुशन्धानको दायरामा रहेका पृथ्बीबहादुर शाह फरार भएका छन् । शाहले ल्याएको रकम अवैद्य भन्दै नेपाल राष्ट्र बैंकले सुरुमा रोक्का गरेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा उनको रकम फुकुवा गर्न भनिएको थियो ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्माको आदेश नमानेपछि उनलाई सरकारले निलम्बन गरेको छ । अधिकारी भने आफूमाथि गरिएको निलम्बन कानूनविपरित भन्दै सर्वोच्च अदालत पुगेका छन् । आजबाट उनको रिटमाथि सुनुवाई समेत सुरु हुने भएको छ ।

उता, शंकास्पद रकम ल्याएको आरोपमा सरकारी निकायले अनुशन्धान बढाउन थालेपछि शाह भने फरार भएका छन् । शाह यसअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको समाचार आएका थिए ।

उनीमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुशन्धान प्रक्रिया अघि बढाएलगत्तै उनी फरार भएको बुझिएको छ । शाह कहिले भारु र कहिले डलर कारोबारमा मुछिँदै आएका छन् । शाह अहिले भागेर सिंगापुर पुगेको चर्चा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
कांग्रेस विवाद पदाधिकारीले मात्रै मिलाउन सक्छन्?
कांग्रेस विवाद पदाधिकारीले मात्रै मिलाउन सक्छन्?
४८ घन्टामा यसरी फेला परे अस्पतालबाटै चोरिएको शिशु
४८ घन्टामा यसरी फेला परे अस्पतालबाटै चोरिएको शिशु
स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ …
स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ …
राउटेहरूले पत्रकारलाइ साेधे, रेखा थापा खै ?
राउटेहरूले पत्रकारलाइ साेधे, रेखा थापा खै ?
हट एन्ड सेक्सीका कारण बलिउडमा चर्चा कमाउन सफल यी नायीका
हट एन्ड सेक्सीका कारण बलिउडमा चर्चा कमाउन सफल यी नायीका
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण
क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले  नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित
विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित

तपाईंले छुटाउनुभयो कि?