बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १५, २०७४
|
|
२६९ पटक हेरिएको
Shares
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ

सारांश

  • युवा संघ नेपाल काठमाण्डौले प्रेस बिज्ञप्ति गरेर सरकारलाई चेतावनी दिएको छ ।
  • बिज्ञप्तिमा भनिएको छ यदि बैशाखमा हुने स्थानीय तहको निर्वाचन एकै चरणमा नभए जुनसुकै कदम चाल्न बाध्य हुनेछौ।
  •  हेरौ उक्त प्रेस बिज्ञप्ति यस्तो छ।

युवा संघ नेपाल काठमाण्डौले प्रेस बिज्ञप्ति गरेर सरकारलाई चेतावनी दिएको छ । बिज्ञप्तिमा भनिएको छ यदि बैशाखमा हुने स्थानीय तहको निर्वाचन एकै चरणमा नभए जुनसुकै कदम चाल्न बाध्य हुनेछौ।  हेरौ उक्त प्रेस बिज्ञप्ति यस्तो छ।

सदियौ देखी नेपाली जनताको आफुले निर्वाचित गरेको जनप्रतिनिधी मार्फत आफ्न हक अधिकारहरु समेटिएको संबिधान बनाउने चाहना २०७२ असोज ३ गते जारी भएको संबिधान मार्फत पुरा भएको छ । जारी भएको सम्बिधानलाई पूर्ण कार्वनयन गराउनु सबै राजनीतिक पार्टिहरुको साझा र मुख्य कार्यभार हो । तर कहिले भाषाको नाममा , कहिले भूगोलको नाममा ,कहिले जातको नाममा ,कहिले धर्मको नाममा अनुचित बिषयहरु उचालेर सम्विधान कार्यन्वयन हुन नदिन केही राजनीतिक पार्टिहरु लागिपरेका छन् । पछील्लो अवधिमा नेपाल सरकारले संबिधान कार्यन्वयन गर्नका लागि स्थानिय तहको निर्वाचन घोषणा गरी केही केही सकरात्मक कदमको रुपमा स्वागत गरेको थियो ।हाल स्थानिय तहको निर्वाचनलाई बिथोल्ने गरी नेपाल सरकार आँफैले सहमति र सहकार्यका लागि भन्दै तराई केन्द्रित केहि राजनीतिक दलहरुसंग देशलाई अहित हुने सम्झैता गरेको छ।  उक्त सम्झौता बारेमा संघको गम्भीर ध्यानाकर्षण भएको छ। सम्झौता प्रति संघ घोर आपति जनाउन चाहन्छ। नागरिता ,भाषा ,सिमांकन सम्बन्धि दोश्रो संसोधन निषेधक जुन तरिका बाट दर्ता गरिएको छ जसले हाम्रो राष्ट्रिय स्वाभिमान पूर्ण रुपले गिर्ने र सिमिकरण र फ़िजिकरणको दिशामा अगाडी बढ्ने चित्र स्पष्ट देखिन्छ। त्यसरी नै स्थानिय तहको संख्या ब वृद्धि संगै र स्थानिय तहको निर्वाचन दुई चरणमा सम्पन्न गर्ने सम्झौता र निर्णयले सरकार समर्थक दलहरु र केहि तराई केन्द्रित दलहरु संबिधान कार्यन्वयनको कार्यभार बाट पुर्ण रुपमा बिमुख भएको स्पस्ट देखिन्छा। यी र यस्ता खाले सहमति , सम्झौता र निर्णयले मुलुकलाई जटिल भुमरीमा पार्ने भएकोले संघ स्पस्टताको साथ दोश्रो संबिधान विधेक फिर्ता गरि बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न जोडदार माग गर्दछ। यदि संघको मागलाई बेवास्था गरि अगाढी बढेमा हामि जस्तो सुकै कदम चाल्न पनि बाध्य हुने जानकारी यस प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गर्दछौ।    

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?